काठमाडौं । हालै राजनीतिमा आउनु भएका रवि लामिछानेले नयाँ दल खोल्नु भएको छ ।

घण्टी चुनाव चिन्ह प्रस्ताव गर्नुभएका लामिछानेले आफ्नो दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ राख्नु भएको हो ।

मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा उहाँले नयाँ दलको घोषणा गर्नुभयो । लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको घोषणा गर्दा बाहिर ठूलो संख्यामा समर्थन पुगेका छन् ।

अहिलेका राजनीतिक दलहरूसँग कुराकानी गरेको पनि उहाँले स्वीकार गर्नुभयो । तर पनि पुराना दलहरुमा जान नसकेकाले आफूले नयाँ पार्टी खोलेको उहाँले बताउनुभयो ।

पार्टी घोषणा गर्नुअघि उनले आफू व्यवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको उहाँको भनाई थियो । उहाँले आफ्नो पार्टीका धारणा सार्वजनिक गर्दै क्षमता भएका युवाहरूलाई आफ्नो पार्टीमा लाग्न अपिल गर्नुभएको छ ।

आफ्नो पार्टीमा युवाहरूलाई माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने वाचा पनि गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डा अगाडि लैजाने भएको छ ।

निर्वाचनमा ‘राइट टु रिकल’ को व्यवस्था पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सारेको छ । नेपालमा अहिले संसदीय प्रणाली छ ।

संघीय सरकारमा प्रतिनिधि सभाबाट प्रधानमन्त्री र प्रदेश सभाबाट मुख्यमन्त्री छानिने संवैधानिक व्यवस्था छ ।

 

सम्बन्धित खबरहरु