जुम्ला । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले अब नेपालमा कम्युनिस्ट पार्टीहरुबीच एकता र सहकार्य हुने दावी गर्नुभएको छ ।
नेपालको राजनीतिक आवश्यकताका आधारमा कम्युनिस्ट पार्टीहरुसँग एकता र सहकार्य हुने उहाँको भनाई छ ।
नेपाल कम्युनिस्ट पार्टी जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव विप्लवले पश्चगामी नभई क्रान्तिकारी सोचको आधारमा कम्युनिस्ट पार्टीबीच एकता र सहकार्य हुन सक्ने बताउनुभयो ।
भूमिगत राजनीतिमा रहेका बेला नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला विप्लव समूहलाई मुलधारको राजनीतिमा ल्याउनुभएको थियो । अधिकांश दलले राज्यले गरिरहेको निलम्वन फुकुवा गर्नुहुन्न भन्दा ओलीले उहाँहरुपनि राजनीति गर्नुहुन्छ भने दललाई स्वतन्त्रता दिनुपर्छ भन्दै मुलधारमा ल्याउँनुभयो । अहिले एमाले सहित कम्युनिस्ट पार्टीहरु मिलाउँन विप्लव लाग्नुभएको स्रोतको दावी छ ।
पत्रकारको जिज्ञासामा ‘एकदिन कम्युनिस्ट एक हुनुपर्छ र समाजवादको यात्रामा लोकतान्त्रिक शक्तिसँग मिलेर अघि बढ्नुपर्ने भन्नुभयो ।’
विप्लवले विश्वमा पनि कम्युनिस्ट कम नभएको तर आपसमा नमिलेर कम देखिएको धारणा राख्नुभयो ।
नेता चन्दले राष्ट्रिय परिस्थितिबारे बोल्दै अहिले राष्ट्रिय स्वाधिनता जोखिममा रहेको बताउनुभयो ।
राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सबै देशभक्त नेपालीलाई एक हुन उहाँले अपिल गर्नुभयो ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- ड्राईभरले ब्रेष्ट पक्रियो, सरले दिइस् भने पास गराउँछु भन्यो त्यसपछि.. अभिनेत्री दिया मास्के
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेपछि…
- बिहानै खालीपेटमा यस्तो बनाएर ३ गिलास पानी पिउनुहोस् : केही दिनमा सुरु हुन्छ यस्तो चमत्कार
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै भएमा के हुन्छ ? कस्तो ग्रुपमा बच्चा जन्माउन मुस्किल ?
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
अमेरिकाको एमसीसी, एसपीपी जस्ता विषय नेपालको हितमा नभएको चन्दको धारणा छ । अमेरिकाले सैन्य ढंगबाट अतिक्रमण गर्ने प्रयास गरेको बताउँदै उहाँले भन्नुभयो, ‘यो नेपाल र नेपालीका लागि राम्रो होइन ।’
उहाँले आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशन आगामी असोजमा हुने जानकारी दिनुभयो ।
सो पार्टीका जुम्ला जिल्ला सेक्रेटरी विर्षबहादुर शाहीका अनुसार असार ५ गते बेलुकी जुम्लामा आइपुग्नुभएका चन्दले जुम्ला कारागारमा रहेका कैदीबन्दी र जुम्लाका राजनैतिक दलका नेताहरुसँग भेटघाट गर्नुभयो ।
चन्द सहित सचिवालय सदस्य सन्तोष बुढामगर, केन्द्रीय नेता भरतबहादुर बम लगायतका नेताहरु अहिले जुम्लामा हुनुहुन्छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!