काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि भातृ संगठन नबनाउने स्पष्ट भएको छ ।

पार्टीमा कार्यकर्ता नभई सदस्य मात्रै हुने पार्टीको नेतृत्व गर्नुभएका लामिछानेले आज घोषणा सभामा बताउनुभयो । उहाँले कार्यकर्ता कोही नहुने भोट मात्रै हाले पुग्ने बताउनुभयो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

आलोचना गर्नका लागि बेला – बेला बैठक र भेला गर्ने उहाँले बताउनुभयो । यस्तै उद्योगी व्यवसायीसँग कहिल्यै पनि चन्दा नलिने उहाँको उद्घोष छ ।

सर्वसाधारण मानिसबाट थोरै रकम चन्दा लिएर मात्र पार्टी सञ्चालन गर्ने बताउँदै खर्च र आम्दानीको पारदर्शी रुपमा सार्वजनिक गर्ने बताउनुभयो । उहाँले ठूला व्यवसायीले पार्टीलाई कहिल्यै पनि चन्दा दिन नपर्ने स्पष्ट गर्नुभएको थियो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु