काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नेपालको काबु बाहिर रहेको जवाफ दिएको छ ।

प्रतिनिधिसभामा सांसदहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे सोधेका प्रश्नहरुको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले यस्तो बताउनुभयो ।

‘मूल्य वृद्धि हाम्रो काबुभन्दा बाहिरको अवस्थामा छ’ ‘रुस–युक्रेनको युद्ध भयो । यसले पछिल्लो समय मूल्य निरन्तर बढेर आइरहेको छ, यो विश्वव्यापी समस्या हो बडूले भन्नुभयो ।’

अन्तर्राष्ट्रिय बजारमा मुल्य वृद्धि भएको र नेपालमा बढाउनुपरेको बाध्यता रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘मुल्य बढेर आउँदा हामीले आफ्नो लागि के गर्न सक्छौं ? भन्ने विषयमा सरकार सोच्दछ । तर, अहिले बढेर आउँदा बढाउनु बाध्यात्मक अवस्था हो ।’

दिर्घकालीन विकल्पमा जानुपर्ने ठानेरै सरकारले यसका लागि अध्ययन गरिरहेको उहाँले बताउनुभयो । नीजि क्षेत्रलाई समेटेर जान सकिने विकल्पमा पनि अध्ययन भइरहेको उहाँले भनाई थियो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

विद्युतको प्रयोग बढाउने र पेट्रोलियम पदार्थको प्रयोग घटाउने तिर पनि सरकारले ध्यान दिएको उहाँको भनाइ छ । यसकै लागि सरकारी निकायको पेट्रोल खपत कम्तिमा २० प्रतिशत घटाउने नीति लिइएको मन्त्री बडूको स्पष्टिकरण थियो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु