काठमाडौं । सांसदहरुले सरकारलाई पेट्रोलियम पदार्थ खरिदका लागि सस्तो बजार खोज्न सुझाव दिएका छन् ।

चीन लगायतका देशले रुस–युक्र्रेन युद्धपछि सस्तो बजार खोजेर पेट्रोलियम पदार्थ लिने प्रयास गरेको उल्लेख गर्दै नेकपा (एमाले) का सचिव एवं सांसद योगेश भट्टराईले अन्य कतिपय देशरुले पनि पेट्रोलियम पर्दाथ खरिदका लागि सस्तो बजार खोजेको पाएको उल्लेख गर्नुभयो ।

उहाँले नेपाल सरकारलाई पनि आग्रह गर्दै भन्नुभयो, ‘हामी पनि सस्तो बजार किन खोज्दैनौं ?’

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

उहाँले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउन पनि आग्रह गर्नुभयो । यस्तै नेपाली कांग्रका सांसद दिव्यमणि राजभण्डारीले पनि पेट्रोलियम पदार्थ खरिदका लागि सस्तो बजार खोज्न आग्रह गर्नुभयो ।

नेकपा (एमाले) का सांसद नवराज सिलवालले मुल्यबृद्धि घटाउने सरकारको योजना के छ ? भनेर प्रश्न गर्नुभयो । जनतालाई राहत दिने कार्यक्रम ल्याउन उहाँको सुझाव छ ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थका लागि भारतको विकल्प खोज्नुपर्ने धारणा राख्नुभयो । ‘भारतमा भर पर्दा नेपालमा समस्या भएको हो’ उहाँले भन्नुभएको थियो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु