काठमाडौं । नेपालका भर्साटाइल कलाकारको रुपमा चर्चित कलाकार राजाराम पौडेल, प्रेमराजा महत र किरण केसी पनि रवि लामिछानेको दल घोषणा कार्यक्रममा देखिएका छन् ।

रविले आज राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । उक्त कार्यक्रममा उनीहरु सहभागी भएको देखिएको छ ।

राष्ट्रिय सभागृहमा आयोजना भएको पार्टी घोषणा समारोहमा यी तीन कलाकारले उपस्थित भएर समर्थन जनाएका हुन् ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

लामिछानेको नयाँ पार्टीप्रति समर्थन रहने जानकारी उनीहरुले दिएका छन् ।

‘रविजीले पार्टी गठनअघि उहाँहरुसँग पनि परामर्श गर्नुभएको थियो उहाँहरुको समर्थन रहेको छ रविको पार्टीका एक सदस्यले बताए ।’

यी तीनैजना रवि निकट मानिन्छन् । किरण र राजारामका फिल्मको प्रिमियरमा रविले पनि भाग लिने गरेका थिए ।

‘सिमसिमे पानी’ फेम्ड गायक महत र रवि अमेरिकामा रहँदैदेखि निकट बनेका थिए । हरेक कार्यक्रममा समेत एकसाथ देखिने उनीहरु अब पार्टीमापनि सँगै काम गर्ने बताउँदै आएका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु