काठमाडौं । मधेस केन्द्रीत दल लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अनिल झाले विदेशी बुहारीहरुलाई तुरुन्तै नागरिकता नदिने नेपालको नीति रहेको थाहा पाउँन थालेपछि मधेसका युवाहरुको विवाह हुन छोडेको गुनासो गर्नुभयो ।
तराईका युवाहरुको बिहे हुनै छाडेको छ उनीहरु अब कसरी एक्लै बस्छन् झाले पिरलो सुनाउँनुभयो ।
‘विदेशी बुहारीहरुलाई घटीमा ७ वर्षभन्दा अगाडि नागरिकता नदिने भन्ने नियम (प्रस्तावित व्यवस्था) को कारणले तराईतिर कतिपय युवाहरुको बिहे हुन नसकिरहेको मंगलबार प्रतिनिधिसभाको बैठकमा नै सांसद झाले राख्नुभयो । खानेपानी तथा सरसफाई पूर्व मन्त्री समेत रहेका झाको अभिव्यक्तिले नागरिकता प्राप्ति सहज बनाउँन जोड दिएको देखिन्थ्यो ।
नागरिकता तुरुन्तै नपाउने प्रस्तावित व्यवस्थाकै कारण भारतीय युवतीहरुले नेपालका युवाहरुसँग बिहे गर्न मान्न छाडेको उहाँको तर्क थियो ।
‘भारतका सजातीय केटीहरु अब नेपालमा बिहा गर्न मान्दैनन् । यसको समाधान कसरी हुन्छ ? राज्यले त्यसको व्यवस्था के गर्न सक्छ ?’ नेता झा को सरकारलाई प्रश्न छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- ड्राईभरले ब्रेष्ट पक्रियो, सरले दिइस् भने पास गराउँछु भन्यो त्यसपछि.. अभिनेत्री दिया मास्के
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेपछि…
- बिहानै खालीपेटमा यस्तो बनाएर ३ गिलास पानी पिउनुहोस् : केही दिनमा सुरु हुन्छ यस्तो चमत्कार
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै भएमा के हुन्छ ? कस्तो ग्रुपमा बच्चा जन्माउन मुस्किल ?
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन संशोधन विधेयकको प्रतवेदनमा विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने व्यवस्था छ ।
७ बर्षसम्म राजनीतिक अधिकार बाहेकको अधिकार प्राप्त गर्ने गरी आवासीय अनुमति पत्र दिने व्यवस्था पनि छ । यो व्यवस्था सहितको नागरिकता विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा छ ।
नागरिकता ऐन संशोधनसम्बन्धी विधेयकलाई अगाडि बढाउने तयारी सरकारले गरिरहेका बेला नेता झाले नागरिकता विधेयकलाई जतिसक्दो छिटो टुंग्याउन जोड दिनुभएको थियो ।
सबैको जानकारीको सेयर गर्नुहोस !!