काठमाडौं । भर्खरै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ खोल्नुभएका रवि लामिछानेलाई उहाँका आफ्नै दाजु हरिशरण लामिछानेले व्यांग्य गर्नुभएको छ ।

साथै उक्त पार्टीमा आजीवन संलग्न नहुने घोषणा समेत गर्नुभएको छ ।

रविले नयाँ पार्टीको घोषणा गरेको केही घण्टामै हरिशरणले सो पार्टीमा आफू आजीवन संलग्न नहुने घोषणा गर्नुभएको हो ।

मंगलबार राष्ट्रियसभा गृहमा कार्यक्रम गरी रविले घोषणा गरेको नयाँ पार्टीले परिवारवाद निषेध गर्ने बताइएपछि हरिशरणले सो घोषणा गर्नुभएको हो ।

सामाजिक सञ्जालमा हरिशरणले लेख्नुभएको छ, ‘राजनैतिक रुपले त्यो पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु।’

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

हरिशरणले फेसबुकमा यस्तो लेख्नुभएको छ ।

जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी

नैतिक न राजनैतिक ?

नयाँ पार्टी घोषणा गरेकोमा रवि लामिछानेलाई बधाई। पार्टीको नीतिअनुसार, परिवारवाद निषेध गरिनु राम्रो प्रयास हो। यस क्रममा मनमा लागेको एउटा रोचक कुराः

कुनै पनि नयाँ सदस्यले अब देशभर आफ्नो जन्मकुन्डलीलाई अर्को सदस्यसङ्ग भिडाइ नाता ‘अप्रमाणित’ भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रबेश गर्नु होला। पछि आपसी मायाप्रेममा परि बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है।

दर्ता हुन बाँकी सो पार्टीका कुनै पनि गतिविधिमा म परिवारको नातेदारको नाताले नैतिक रुपले संलग्न हुने त कुरै भएन। राजनैतिक रुपले त्यो पार्टीमा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु।

स्वतन्त्र र दलगत राजनीतिका लागि मसङ्ग अपार अवसर र सम्भावना छन्। बाँकी कुरामा कमेन्ट गर्ने मेरो हैसियत छैन। नेपाल आमाको एक स्वतन्त्र नागरिकको नाताले मेरो जीवन देशको सेवामा हमेसा समर्पित रहनेछ।

‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु