काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले दिएको बयानले सबैलाई चकित पारेको छ ।
उहाँले प्रधानमन्त्री भएर काम गर्न निकै गाह्रो रहेको गुनासो गर्नुभएको हो ।
प्रधानमन्त्री देउवामाथि अहिले घोडाको जस्तो व्यवहार भइरहेको उहाँको भनाई थियो । प्रधानमन्त्रीलाई बिहान उठेदेखि सुत्ने बेलासम्म घोडालाई झैं दौडाएको दौडाइ गरेको उहाँले बताउनुभयो ।
सोमबार, तरुण दल कास्कीले पोखरामा गरेको कार्यक्रममा बोल्दै नेतृ देउवाले जानकारी दिनुभयो । तरुण दलले विपद् व्यवस्थापन नागरिक सेवामा तरुण दलको भूमिका एवं निर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रम आयोजना गरेको थियो ।
सोही कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवापत्नी आरजुले प्रधानमन्त्री हुन सजिलो भए पनि काम गर्न निकै गाह्रो भएको कुरा स्मरण गराउनुभयो ।
उहाँले प्रधानमन्त्रीले मिटिङ, सेमिनार, कन्फेरेन्स, भेटघाटमा दौडेको दौड्यै गर्नुपर्ने जनाउनुभयो । राजदूत, मन्त्री मात्रै नभएर कर्मचारीलाई पनि झेल्नुपर्ने बाध्यता हुने कुरा उहाँले बताउनुभयो । राजनीतिक दलको दुनियाँ अर्कै छ ।
उहाँका अनुसार स्थानीय तहमा बसेर काम गर्न झनै गाह्रो र चुनौती छ । पद पाउन सजिलो भए पनि काम गर्न गाह्रो भएको नेतृ आरजुको भनाई थियो ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- ड्राईभरले ब्रेष्ट पक्रियो, सरले दिइस् भने पास गराउँछु भन्यो त्यसपछि.. अभिनेत्री दिया मास्के
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेपछि…
- बिहानै खालीपेटमा यस्तो बनाएर ३ गिलास पानी पिउनुहोस् : केही दिनमा सुरु हुन्छ यस्तो चमत्कार
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै भएमा के हुन्छ ? कस्तो ग्रुपमा बच्चा जन्माउन मुस्किल ?
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
- डाक्टरको एउटै परिवारका ९ जनाको लाश फेला, कसरी भयो यो नरसंहार !
नेता र कर्मचारीतन्त्रको दुनियाँ मिलाउन निकै गाह्रो भएको बुझाई उहाँको छ । उहाँले भन्नुभयो, ‘हामी जनताको काम गर्न आएका हौं, तर, कर्मचारीले कानुनभित्र रहेर काम गर्नुपर्छ ।’
सयको स्पिडमा सोच्दा दशको स्पिडमा काम हुने पनि उहाँले स्वीकार गर्नुभयो । स्थानीय सरकार कसरी चलेको छ भनेर देखाउन चुनौती रहेको उहाँको बुझाई छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!