काठमाडौं । कुकुरको टोकाईबाट एक महिला गम्भीर घाइते भएकी छिन् ।

हुम्ला जिल्ला समन्वय समितिमा कार्यरत कार्यालय सहयोगीलाई मङ्गलबार बिहान आधा दर्जन भन्दा बढी कुकुरले टोकेका हुन् ।

खेतीपाती गोडमेल गर्न जानेक्रममा कुकुरले टोक्दा सिमकोट गाउँपालिका–५ की सप्पा रावत घाइते हुनुभएको छ ।

सिमकोट गाउँपालिका–५ को सिम क्षेत्रको रानीबनबाट आएका सातभन्दा बढी कुकुर उहाँको जग्गामा पुगेका थिए ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

खेतमा गोडमेल गर्दै गर्नुभएकी रावतलाई टोकेर घाइते बनाएको आफन्त विष्णु रावतले जानकारी दिनुभयो । गोडमेल गर्दै गरेको जग्गामा छाडा कुकुरले टोकेर घाइते भएर लडेकी रावतलाई खेल मैदानमा फुटबल प्रशिक्षण गर्दै गरेका विष्णु रावत लगायतको टिमले अस्पतालसम्म बोकेर पुर्यायो ।

अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले घाइतेको अवस्था गम्भीर रहेको बताउनुभयो । बिरामीलाई जिल्ला बाहिर रिफर गरिएको छ ।

टाउको,शरिरको पछाडीको भाग, तिघ्रा, हात खुट्टा लगायतका भागमा कुकुरले टोकेर जताततै घाउ बनाएका छन् । उहाँको टाउकोमा पनि गहिरो घाउ बनेको छ । उहाँलाई थप उपचारका लागि नेपालगञ्ज ल्याउन लागिएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु