काठमाडौं । चर्चित टेलिभिजन अभिनेत्री मृत फेला परेकी छिन् । भारतको ओडिया चलचित्र उद्योगबाट एउटा दर्दनाक खबर बाहिर आएको हो ।

चर्चित टेलिभिजन अभिनेत्री रश्मिरेखा ओझाको निधन भएको छ । रश्मिरेखा ओडिसा, भुवनेश्वरको नयाँपल्लीमा भाडाको घरमा बस्दै आएकी थिइन् । उनी पङ्खामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

उनी केही वर्षदेखि लिभ इन रिलेशनमा भएको बताइएको छ । ओझाको मृत्युपछि लिभ इन पार्टनर सन्तोष पात्रा फस्ने देखिएको छ । पात्राका कारण नै अभिनेत्रीको मृत्यु भएको आशंका गरिएको हो ।

रश्मिरेखाका बुबाले आफ्नी छोरीको मृत्युका पछाडि सन्तोष पात्राको हात रहेको आरोप लगाउनुभयो । एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरेर अनुसन्धान थालियो ।

२३ वर्षीया अभिनेत्री १८ जुन राति घरभित्र पङ्खामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । पोष्टमार्टमको रिपोर्ट आउन बाँकी छ । प्रारम्भिक अनुसन्धान अनुसार यो आत्महत्या नै भएको देखिन्छ । अभिनेत्रीले सुसाइड नोट पनि लेखेकी छिन् ।

नोटमा उनले आफ्नो मृत्युको जिम्मेवार कसैलाई पनि दिएकी छैनन् । तर उनका बुबाले सञ्चारमाध्यमसँग कुरा गर्दै छोरीले आत्महत्या नगरेको बताए । बाबुले आफ्नी छोरीलाई आत्महत्या गर्नका लागि लिभ इन पार्टनर पात्राले बाध्य पारेको आरोप लगाएका छन् ।

उहाँले भन्नुभयो, ‘शनिबार रश्मिरेखाले हाम्रो कुनै पनि फोनको जवाफ दिइनन् । त्यसपछि सन्तोषबाट उनको मृत्युको खबर सुनेँ । सन्तोष र रश्मी श्रीमान्–श्रीमती भएर बस्ने गरेको घरधनीबाट थाहा भयो । यसबारे हामीलाई कुनै जानकारी थिएन ।

दुवै विवाहित भए सन्तोषले मेरी छोरीको हत्या गरेको हो । सुसाइड नोटमा के लेखिएको छ मलाई थाहा छैन ।’ अभिनेत्री ओझा ओडिशाको जगतसिंहपुर जिल्लाकी हुन् । रश्मीले टिभी सिरियल केमिती कहिबी कहाँबाट उद्योगमा चर्चा पाएकी थिइन् ।

प्रहरीले उनको मृत्युको अनुसन्धानमा सबै पक्षबाट अनुसन्धान गरिरहेको छ । रश्मिरेखाको लिभ इन पार्टनर सन्तोष पात्रालाई पनि प्रहरीले सोधपुछ गर्न सक्ने बताइएको छ ।

अभिनेत्रीको लिभ इन पार्टनरलाई प्रहरीले क्लिन चिट दिन्छ कि दिदैँन् त्यो हेर्न बाँकी छ । किनभने बाबुले सन्तोषलाई मात्र दोष लगाएका छन् । तर मृतक ओझाको नोटमा मृत्युको कारण पनि खुलेको छैन् । तर उनले आफ्नो केटा साथी सन्तोषलाई पनि दोष नदिएको प्रहरी बताउँछ ।

सम्बन्धित खबरहरु