काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा देशभर विभिन्न प्रर्दशन भइरहेका छन् ।

राजनीतिक दलका भातृ संगठन मात्र हैन, व्यवसायी, पेसाकर्मी, वुद्धिजीविहरुपनि सरकारको यो कदम विरुद्ध उत्रिन थालेका छन् ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा भक्तपुरमा पेट्रोल नै दन्किएको छ । पेट्रोल हालेर बनाइएका पुल्ठा बालेर मसाल जुलुस प्रदर्शन भएको छ।

नेकपा एमाले निकट युवाहरूको सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले भक्तपुरको गट्ठाघर चोकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन्।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल, आन्तरिक हवाई इन्धन र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको थियो। नेपाल आयल निगमका अनुसार अब पेट्रोल १९९ रुपैयाँ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ।

राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सदस्य प्रदीप खत्रीले सरकारले पेट्रोलियम पदार्थको मूल्य नघटाएसम्म आफूहरूले आन्दोलन जारी राख्ने बताउनुभएको छ।

प्रदर्शनमा युवाहरूले ५ दले गठबन्धन शेरे सरकार मुर्दावाद, मूल्य वृद्धि चाहिँदैन जनता मार्न पाइँदैन, मन्त्रीको गुन्डागर्दी बन्द गर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर भन्दै नाराहरू लगाएका थिए ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु