काठमाडौं । प्रहरीले डलर ठगी गरी फरार रहेका एक युवकलाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–६ घर भई काठमाडौंको नागार्जुन नगरपालिका–९ स्युचाटार बस्ने ३३ वर्षीय बिष्णुलाल श्रेष्ठलाई कलंकीबाट पक्राउ गरेको हो ।

श्रेष्ठले जेठ १७ गते २ बजेको समयमा कलंकीस्थित सीता पेट्रोल पम्प नजिक आफ्नो आमा बिरामी भएको र उपचारको ‍लागि पैसाको रुपमा डलर मात्रै रहेकोले साटिदिन भन्‍दै कागजको डलर राखेर ८ लाख रुपैयाँ लिएर फरार भएका थिए ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

पक्राउ परेका उनलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–२१ को देहाय २४९ को ‘ठगी गर्न नहुने’ कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु