तनहुँ । केही नयाँ गर्ने सोचले मानिसलाई अरुसामु चिनाउँछ ।

घटना केही क्षणमा नै भइरलपनि बन्छ । अहिले एउटा साधारण बिहे खुबै भाइरल बनेको छ ।

तडकभडक तरिकाले विवाह गर्ने प्रचलन बढ्दै गएको बेला साइकलमा चढेर बेहुली लिन पुगेका तस्वीर सबैले सेयर गरिरहेका छन् ।

विवाहमा बरियाँत जाँदा कसैले बग्गी, सजावट सहित मंहगा गाडी लिएर जाने गर्दछन् ।

तर तनहुँको व्यास नगरपालिका वडा नं. १० वैरेनीमा फरक दृश्य देखियो । वैरेनीका २६ वर्षीय विनोद सापकोटा दुलही लिन साइकलमा निस्के । वैरेनीबाट ६ किमी दुरीमा रहेको दमौलीमा बेहुलीको घर थियो ।

सिंगार पटार गरेको बेहुलोलाई साइकलमा देखेपछि बाटोमा रमिता हेर्नेहरु पनि टन्नै देखिए, केहीले त रोकेर सेल्फी पनि खिचे ।

बेहुलाको साथमा अरु ६ जना पनि साइकलमै थिए । अरु जन्ती भने बसमा थिए । सबैसँग साइकल नभएकाले अरुलाई बस प्रयोग गराएको उनको भनाई छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

बेहुली लिन बेहुलो साइकलमा आएको देखेर माइती पक्ष दुलहीका अभिभावक दंग परे । बेहुलीका बुबा आमा एकछिन आश्चर्यमा परे पनि आफनो ज्वाइँको मितव्ययिता र सरलता देखेर खुशी भए । दुलहीका बुबा पूर्णबहादुर भुजेलले ‘हेर्दा अनौठो देखिएपनि यस्तो कुराले धेरै सन्देश दिने बताउनुभयो । हामीले त ताली बजाएर स्वागत गर्‍यौं, सबैले केही सिक्न जरुरी छ ।’

सापकोटाले यसअघि ईलामदेखि मुगुको रारासम्म साइकलमै यात्रा गरेर रेकर्ड राख्नुभएको छ । नेपाल साइकल उत्सवको समयमा त्यो यात्रा गरेका उहाँ आफूलाई साइकल प्रेमी रहेको बताउनुहुन्छ ।

‘म साइकल प्रेमी हुँ, स्वास्थ्यलाई पनि राम्रो हुने ईन्धनको खर्च नहुने । सधैं साइकल चढ्ने मलाई बेहुला बन्दा पनि साइकलनै चढ्न मन लाग्यो । जसले अरुलाई केही न केही सन्देश दिन सकियो ।’ म खुशी छु बेहुलाले प्रतिक्रिया दिएका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु