काठमाडौं । एउटा घरमा विवाह समारोह चलिरहेको थियो ।

त्यही क्रममा एक युवक जबरजस्ती घरभित्र पसेँ । पाहुनाको भीडमा उनले एक युवतीलाई समातेर जबरजस्ती अश्लील हर्कत गर्न थाले । युवतीले विरोध गरेपछि उनलाई बाहिर तानेर दुर्व्यवहार गर्न थालेका थिए ।

उनले जबरजस्ती करणी प्रयास पनि गरेको बताइएको छ । युवतीको परिवार उनलाई बचाउन आएपछि आरोपितले धम्की दिए ।

उनले परिवारलाई कुटपिट गरेर युवतीलाई घरबाट घिसारेर लैजाने धम्की दिए, अनी घटनास्थलबाट भागेँ । महिलाको परिवारले प्रहरी लापरवाहीको आरोप पनि लगाएको छ ।

घटना भारत, उत्तर प्रदेश, कोतवाली गाउँको हो । पीडित युवतीले एसपीलाई उजुरी पत्र दिँदै भनिन्, ‘जुन १६ मा घरमा भाइको विवाहको समारोह चलिरहेको थियो, हामी सबै घरमा आफन्तसँग पूजा गरिरहेका थियौं ।

साँझ गाउँका एक युवक जबरजस्ती घरभित्र पसे र पाहुनाको अगाडि अश्लील गाली गर्न थाले । मैले विरोध गरेपछि उनलाई बाहिर तानेर कुटपिट गरियो ।’ पीडितका आफन्त महिलालाई बचाउन भनेर आएपछि ती व्यक्तिले कुटपिट गर्दै घरबाट घिसारेर भागेका थिए ।

त्यसपछि पीडित महिलाका भाइले १०० डायलमा फोन गरेर घटनाबारे जानकारी गराए । त्यसपछि प्रहरीले अभियुक्त युवकलाई पक्रेर प्रहरी चौकीमा ल्यायो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

तर पीडित परिवारले प्रहरीले १५१ मा चलान काटेर रिहा गरेको आरोप लगाएको छ । युवतीको परिवारका अनुसार प्रहरीले कुनै ठोस कारबाही गरेको छैन् । आरोपितले अहिले पनि लगातार धम्की दिइरहेको पीडित परिवारको आरोप छ ।

युवकको धम्कीले पिडित परिवार त्रसित छ । उनीहरु प्रहरीसँग न्यायको याचना गरिरहेका छन् । तर प्रहरीले लापरवाही गर्दै अभियुक्तलाई कारबाही गरिरहेको छैन ।

पीडित परिवारले एसपीलाई उजुरी गर्दै कडा कारबाही गर्न माग गरेको छ । पीडितले आरोपितमाथि ठोस कारबाही नगरे मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर कारबाहीको माग गर्ने बताएको छ । अहिले प्रहरीका उच्च अधिकारीले घटना सम्बोधन गर्न मुद्दा दर्ता गरेका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु