काठमाडौं । एक व्यक्तिले श्रीमतीलाई माइत पठाएर अर्को विवाह गरेका छन् ।
भारत, मध्य प्रदेशको इन्दौरमा एक छोरीका बुबा, यातायात मजदुरले मुस्लिम युवतीसँग भागेर विवाह गरेका हुन् ।
छ वर्षअघि सोही समाजकी युवतीसँग उनको विवाह भएको थियो । उनी १५ दिनअघि मात्रै पिता बनेका थिए । सुत्केरी भएका कारण उनले पहिलो श्रीमतीलाई माइतीघर पठाए ।
फेसबुकबाट श्रीमानको दोस्रो विवाह भएको थाहा पाएपछि पहिलो पत्नीले प्रहरी चौकीमा उजुरी दिएकी छिन् ।
प्रहरीले आरोपित श्रीमानलाई खोजी रहेको छ । श्रीमतीका अनुसार राजेशको लामो समयदेखि मुस्लिम युवतीसँग अफेयर चलिरहेको थियो । छोटा बांगर्डा निवासी बबिता परमारले श्रीमान् राजेश परमारविरुद्ध उजुरी दिएको टीआई सञ्जय शुक्लाले जानकारी गराउनुभयो ।
राजेशले धोका दिएर आयशा खानसँग दोस्रो विवाह गरेको उजुरीमा उल्लेख छ । बबिताले फेसबुकबाट श्रीमानको सत्यता थाहा पाएकी हुन् ।
यो थाहा पाएपछि उनले ससुरा कनिरामलाई फोन गरेर सत्यतथ्य जान्न चाहेको बताइन् । जवाफमा ससुराले चुप लागेर बस भन्दै धम्की दिए । त्यसपछि श्रीमानले पनि अर्को नम्बरबाट फोन गरेर धम्की दिएको महिलाको आरोप छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- ड्राईभरले ब्रेष्ट पक्रियो, सरले दिइस् भने पास गराउँछु भन्यो त्यसपछि.. अभिनेत्री दिया मास्के
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेपछि…
- बिहानै खालीपेटमा यस्तो बनाएर ३ गिलास पानी पिउनुहोस् : केही दिनमा सुरु हुन्छ यस्तो चमत्कार
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै भएमा के हुन्छ ? कस्तो ग्रुपमा बच्चा जन्माउन मुस्किल ?
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
- डाक्टरको एउटै परिवारका ९ जनाको लाश फेला, कसरी भयो यो नरसंहार !
बिहे छ वर्षअघि, १५ दिनकी छोरी
बबिताका अनुसार उनको ६ वर्षअघि राजेश परमारसँग विवाह भएको थियो । १५ दिनअघि बबिताले छोरीलाई जन्म दिइन् । राजेश भेट्न पनि आएनन् । सासुलाई सोध्दा बुहारी बाहिर जान भन्दै गएर घर नआएको बताउँछिन् । श्रीमान् र ससुरा पनि नवजात छोरीलाई भेट्न आएका छैनन् ।
दुई साताअघि बिहे गरेर भागे
प्रहरीले बुवा कनिरामसँग कुरा गरेको थियो, जसमा राजेश खजरानामा बस्ने आयशा खानलाई लिएर दुई साताअघि भागेको पाइयो ।
दुवैले विवाह पनि गरिसकेका छन् । बबिताको उजुरी अनुसार ससुरा कनिराम र सासु शान्ताबाईले लगातार धम्की दिइरहेका छन् ।
यसैबीच राजेशले आफ्नी श्रीमती बबितालाई नम्बर बदलेर धम्की दिने गरेको उजुरीमा उल्लेख छ । बबिताका अनुसार राजेशका आमाबुवालाई उनको छोरा आयशासँग कहाँ बसेको भन्ने कुरा थाहा छ, तर बताइरहेका छैनन् । प्रहरीका अनुसार सम्पूर्ण विषयमा अनुसन्धान भइरहेको छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!