दुबई । समुद्री घटनाका कारण बढेको अमेरिका–इरान तनावबीच तेहरानले सेन्ट्रीफ्युज बनाउन थालेको छ ।

तेहरानमाथिको अन्तर्राष्ट्रिय निगरानी घटेसँगै उसले सेन्ट्रीफ्युजहरू बनाउन थालेको हो ।

अमेरिकी नौसेनाको युद्धपोतले रणनीतिक स्ट्रेट अफ हर्मुजमा भएको तनावपूर्ण मुठभेडका क्रममा इरानी रिभोलुस्नरी गार्डको डुङ्गामा चेतावनीस्वरुप गोली प्रहार गरेपछि दुई देशबीच बर्षौँदेखि जारी रहेको द्वन्द्व थप चर्केको हो ।

सोमबार समुद्रमा भएको उक्त घटनाले विश्वशक्तिहरूसँग इरानको टुटेको आणविक सम्झौतामा रोकिएको वार्तामा पनि थप तनाव सृजना गरेको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

आणविक हातहतियारको निगरानी गर्ने राष्ट्रसङ्घीय निकाय (आइएइए)ले इरानको पछिल्लो कदम उन्नत सेन्ट्रीफ्युज बनाउन र युरेनियम प्रवद्र्धन गर्न उसलाई अवसर मिलेको बताएको छ ।

गस्तीका क्रममा युएसएस सिरोक्को र युएसएनएसले फारसको खाडीमा प्रवेश गर्न स्ट्रेट अफ हर्मुज हुँदै आउँदा तीनवटा इरानी द्रुत डुङ्गासँग मुठभेड भएको अमेरिकी नौसेनाको बहराइनस्थित पाँचाँै फ्लिटले जनाएको छ । (रासस/एपी)

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु