
काठमाडौं । बिहे गरेको केही महिनापछि एउटी महिलाले श्रीमानको वास्तविकता थाहा पाएपछि छाँगाबाट खसेजस्तै भइन् ।
वास्तवमा ती महिलाले विवाह गरेकी व्यक्ति महिला नै थिइन् । त्यसपछि पीडित महिलाले प्रहरीमा उजुरी गरेपछि कुरा अदालतसम्म पुग्यो ।
‘डेली स्टार’को रिपोर्टका अनुसार यो घटना इन्डोनेसियाको हो । त्यहाँ गत हप्ता एक महिलाले अदालतमा आफूले पुरुष सोचेर बिहे गरेको १० महिनामा श्रीमान महिला भएको थाहा पाएको बताइन् ।
उनका अनुसार आरोपित महिलाले आफ्नो परिचय लुकाएर विवाह गरेकी थिइन् । हाल मुद्दा दायर गर्ने महिलाको परिचय खुल्न नसकेको तर आरोपित महिलाको नाम इरयानी बताइएको छ ।

समाचार अनुसार महिला र इरायनीको भेट मे २०२१ मा डेटिङ एप मार्फत भएको थियो । महिलाले आफ्नो सामाजिक सञ्जाल प्रोफाइल र कुराकानीबाट इरानी पुरुषजस्तै देखिने गरेको बताइन् ।
इरायनीले महिलालाई आफू सर्जनसहितको व्यवसायी भएको पनि बताएकी थिइन् । इरायनीले आफूले हालै धर्म परिवर्तन गरेर श्रीमती खोजिरहेको कुरा बताएकी थिइन् ।
करिब तीन महिनाको कुराकानीपछि युवतीले इरायनीसँग विवाह गरिन् । विवाहपछि इरायनी महिलाको घरमा बस्न थालेकी थिइन् ।
तर विवाहको केही महिनापछि इरायनीले पीडित महिलासँग पैसा मागेपछि शंका उत्पन्न भयो । व्यवसायको कुरा लुकाएर राखेकाले महिलाका आमाबुवालाई केही गडबड भएको कुरामा शंका लाग्न थाल्यो ।
शंकापछि पारिवारिक प्रश्नबाट बच्न इरायनीले महिलालाई अर्को सहर दक्षिण सुमात्रा लगेर गइन् । उनीहरु त्यहाँ भाडाको घरमा बस्न थाले । त्यहाँ उनले महिलालाई कैयौं महिनासम्म घरमै थुनेर कसैसँग बोल्न प्रतिबन्ध लगाइन् ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- ड्राईभरले ब्रेष्ट पक्रियो, सरले दिइस् भने पास गराउँछु भन्यो त्यसपछि.. अभिनेत्री दिया मास्के
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेपछि…
- बिहानै खालीपेटमा यस्तो बनाएर ३ गिलास पानी पिउनुहोस् : केही दिनमा सुरु हुन्छ यस्तो चमत्कार
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै भएमा के हुन्छ ? कस्तो ग्रुपमा बच्चा जन्माउन मुस्किल ?
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
- डाक्टरको एउटै परिवारका ९ जनाको लाश फेला, कसरी भयो यो नरसंहार !
लामो समयसम्म छोरीसँग कुरा नगरेपछि महिलाका परिवारले प्रहरीलाई खबर गर्यो । त्यसपछि प्रहरीले छिट्टै इरायनीलाई ट्रेस गर्यो, सोधपुछमा बाहिर आएको कुराले सबैलाई चकित पार्यो ।
वास्तवमा, इरायनी वास्तवमा महिला थिइन् । उनले धोका दिएर एक महिलासँग विवाह गरिन् । विवाहको १० महिनामा उनले पीडित महिलासँग १८ लाखभन्दा बढी रकम लिइन् । त्यसपछि पीडितले इरायनीविरुद्ध मुद्दा दर्ता गरेकी हुन् । हाल इरायनीविरुद्ध मुद्दा चलिरहेको छ । दोषी प्रमाणित भए १० वर्ष जेल सजाय हुन सक्छ ।
यस घटनाबारे पीडित युवतीले विवाह गरेको धेरै दिन बितिसक्दा पनि इरायनीले हातसम्म नछोएको बताइन् । उनले सधैं बहाना बनाएर टाढिन खोज्थिन् । त्यसपछि, रोमान्सको बेला, उनी सधैं बत्ती निभाउने गर्थिन् । शारीरिक सम्पर्कका बेला इरायनी श्रीमतीको आँखामा पट्टी बाँधेर बस्ने गर्थिन् ।
सबैको जानकारीको सेयर गर्नुहोस !!