काठमाडौं । अभिनेत्री तथा मोडल सुनिशा बजगाईं र कलाकार राज आचार्य आज विवाह सम्पन्न भएको छ ।

उनीहरुको विवाह यति रमाईलो देखियो की हास्दा हास्दै र नाच्दा नाच्दै बिहे सकिएको छ । उनीहरु हरेक क्षण नाचिरहेका देखिन्थे । प्रेम विवाह भएकै कारण हुनुपर्छ उनीहरु एकदम नै उत्साहित थिए ।

मंगलवार कालोपुलस्थित शुभम् पाटी प्यालेसमा हिन्दू परम्पराअनुसार उनीहरुको विवाह भएको थियो ।

करीब डेढ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका उनीहरुको विवाह समारोहमा दुई पक्षका परिवार र आफन्तका साथै केही कलाकारहरुको पनि उपस्थिति रहेको थियो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

उनीहरुको विवाह समारोहमा चर्चित कलाकार दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा सहभागी भएका थिए । राजले बाल्यकालमा चर्चित हाँस्य टेलिभिजन सिरियल ‘तीतो सत्य’मा अभिनय गरेका थिए ।

त्यसबेलादेखि उनी बाल्यकालदेखि नै दीपक–दीपा र निर्मलसँग नजिक थिए । राज, चर्चित हाँस्य कलाकार शंकर आचार्यका छोरा हुन् । उनी अमेरिकामा चार्टर्ड अकाउन्टेन्ट (सिए) को पढाइ पूरा गरेर नेपाल फर्किएका हुन् ।

सुनिशाले दर्जनौं म्यूजिक भिडियोसँगै दुई चलचित्र ‘प्रसाद’ र ‘इन्टु मिन्टु लण्डनमा’मा सहायक अभिनेत्रीको रुपमा अभिनय गरेकी छन् ।

टिकटकबाट दर्शकमाझ चिनिएकी उनले राज आचार्यसँग केही म्यूजिक भिडियोमा अभिनय पनि गरेकी छन् ।

यो जोडीले बुधवार रिसेप्सन पार्टीको आयोजना गरेको जानकारी प्राप्त छ । विवाहभन्दा अगाडि उनीहरुले एकसाथ ब्याचलर पार्टी मनाएका थिए । हेरौ विवाहका तस्वीरहरु

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु