रितिक अधिकारी, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका ११ बालगंगामा जनप्रतिनिधिको आक्रमणमा परि ८ जना गम्भीर घाईते भएका छन् ।

हरिवन नगरपालिका ११ बालगंगा स्थित भित्रि सडकमा ढल निकासको विषयमा सामान्य विवाद हुँदा हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेष मेहबुब रेजाको निर्देशनमा सांघातिक आक्रमण हुँदा स्थानिय ८ जना गम्भीर घाईते भएका हुन ।

हरिवन नगरपालिका ११ बालगंगा स्थित भित्री सडक खण्डमा ढल निकास गर्ने विषयमा केही दिन पहिला पनि सामान्य विवाद भएको र मंगलबार साँझ करिब ७ बजे सामान्य विवाद भएको थियो ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारको अगाडि वडा अध्यक्ष रेजाको निर्देशनमा उहाँका भाई रेहान रेजाले रड लगायतका अन्य सामाग्रीले आक्रमण गर्दा हरिवन नगरपालिका ११ बालगंगाका ८ जना घाइते भए ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

घाइते हुनेमा हरिवन नगरपालिका ११ बालगंगाका अजर मन्जर, आल्म्वीर हुसेन, शेख अस्फाक, मन्जर अखिल, मोहमद चाँद, लालबाबु शेख, अप्सा खातुन र मिविन आलम रहेका छन् ।

८ जना माथि सांघातिक आक्रमण हुदा प्रहरी निरिक्षक ताम्राकार घटनास्थल पुग्दा समेत आक्रमण हुदा प्रहरी मौन बसेको स्थानीयको आरोप छ । प्रहरी निरिक्षक ताम्राकारलाई कमसेकम घटना रोक्नुस भन्ने स्थानियको माग भएपनि प्रहरी निरिक्षक ताम्राकारले आफूलाई हरिवनमा बस्न मन नभएको बताउनुभएको छ ।

मगंलबार साँझ सामान्य विवाद भएको र पछि ९ः३० बजे निर्वाचित वडा अध्यक्ष रेजाको निर्देशनमा प्रहरीको अगाडि नै स्थानिय माथि रड प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीको अगाडि घटना भएको भए पनि प्रहरी मौन बस्नुले प्रहरीको समेत मिलेमतो रहेको स्थानियको आरोप छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु