काठमाडौं । दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म ‘२ नम्बरी’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ ।

आगामी कात्तिक ४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको दुईमध्ये एउटा पोस्टरमा अभिनेता द्वय दयाहाङ राई र सौगात मल्ल हातमा बन्दुक बोकेर फरक गेटअपमा देखिएका छन् भने दोस्रो पोस्टरमा उनीहरुसँगै उपासना सिंह ठकुरी, उगेन छोदेन र बुद्दि तामाङ प्रस्तुत छन् ।

पोस्टरले दुई साथी दयाहाङ र सौगातको मित्रताको कथा भन्ने बुझाउँछ ।

उनीहरुको भिन्न गेटअपले फिल्मप्रति दर्शकको उत्सुकता जगाउने निश्चित छ ।

रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको फिल्ममा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानी छ भने किरण नेपाली प्रस्तुतकर्ता हुन् । किरणले यसअघि फिल्म ‘पोइ पर्‍यो काले’ निर्माण गरेका थिए, जुन सफल भएको थियो ।

फिल्मको निर्देशनसँगै लेखन दीपेन्द्र लामा स्वयंको हो । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छिन् ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको दृश्य सम्पादन र जयन जे वाइवाको संगीत रहेको छ । यो फिल्मबाट भुटानकी चर्चित अभिनेत्री उगेन छोदेनले नेपाली फिल्ममा डेब्यू गर्दैछिन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु