काठमाडौं । ४६ वर्षदेखि हङकङमा तैरिरहेको विशाल रेष्टुरेन्ट समुन्द्रमा डुबेको छ ।
हङकङको पहिचान बनाएर तैरिरहेको विशाल रेष्टुरेन्ट समुन्द्रमा डुबेको हो ।
४६ वर्षदेखि विशाल पानी जहाजमा सञ्चालिन यो रेष्टुरेन्ट दक्षिणपश्चिम हङकङको एबर्डिनमा थियो ।
तर सञ्चालकले त्यहाँबाट अर्को ठाउँ (सार्वजनिक नगरिएको) मा सार्ने क्रममा रेष्टुरेन्ट प्यारासेल टापु नजिक समुन्द्रमा डुबेको हो ।
रेस्टुरेन्ट १ हजार मिटर तल डुबेको र अब त्यसलाई उतार्न असम्भव रहेको एबर्डिन रेस्टुरेन्ट इन्टरप्राइजेजले जनाएको छ ।
उसका अनुसार रेस्टुरेन्ट डुबे पनि कसैलाई कुनै चोट पटक लागेको छैन । रेस्टुरेन्ट रहेको जहाज चलाउने चालक दलका सदस्य सुरक्षित छन् ।
सन् १९७६ को अक्टुवरमा खोलिएको यो रेष्टुरेन्ट ३ मार्च, २०२० देखि बन्द थियो ।
कोरोना महामारीका कारण बन्द हुनुअघि सन् २०१३ देखि नै यो रेष्टुरेन्ट घाटामा चलिरहेको थियो । तर पनि एबर्डिन रेस्टुरेन्ट इन्टरप्राइजेजले प्रतिष्ठाका लागि रेष्टुरेन्ट सञ्चालन गरिरहेको थियो ।
मर्मत गरेर नयाँ लगानीकर्तालाई बेच्ने लक्ष्यसहित एबर्डिन रेस्टुरेन्ट इन्टरप्राइजेजले रेष्टुरेन्टलाई अन्त सार्न लागेको थियो ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- ड्राईभरले ब्रेष्ट पक्रियो, सरले दिइस् भने पास गराउँछु भन्यो त्यसपछि.. अभिनेत्री दिया मास्के
- दुई महिना न्यायाधीशको कुर्सीमा बसेर फैसला सुनाउने भारतको सबैभन्दा ठूलो मस्तिष्क चोर
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेपछि…
- १० पास महिलाले खेतलाई बनाइन् दुनियाँको आकर्षक केन्द्र : लाखौं कमाइ गुगलले समेत तारिफ गर्यो
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै भएमा के हुन्छ ? कस्तो ग्रुपमा बच्चा जन्माउन मुस्किल ?
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
- डाक्टरको एउटै परिवारका ९ जनाको लाश फेला, कसरी भयो यो नरसंहार !
- बिहेको सपना देखाएर बिवाहित महिलालाई बलात्कार, तेस्रो पटकसम्म गर्भपतनपछि उजुरी दिइन्
३० लाख भन्दा बढी मानिस यो रेष्टुरेन्टमा पुगेको विश्वास छ । जसमा वेलयाती महारानी एलिजावेथ द्वितीय, अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरसहित टम क्रुजलगायतका चर्चित व्यक्ति पनि यहाँ पुगेका छन् । यो रेस्टुरेन्टमा केही चलचित्रहरुको छायाँकन पनि गरिएको छ । – एजेन्सीको सहयोगमा
सबैको जानकारीको सेयर गर्नुहोस !!