काठमाडौं । हामी जो कोहीको कल्पना हुनसक्थ्यो होला संसारको ठूला माछा कहाँ होलान् ।
संसारको ठूलो माछा तिब्बत हुँदै बग्ने नदीमा नै फेला परेको छ ।
कम्बोडियास्थित मेकङ नदीमा विश्वकै सबैभन्दा ठूलो आकारको ताजा पानीमा पाइने माछा फेला परेको हो । नदीमा पाइएको उक्त क्याटफिस जातको माछाको तौल ३ सय केजीको छ ।
यसअघि सन् २००५ मा थाइल्याण्डस्थित मेकङ नदीमा पाइएको २ सय ९३ केजीको क्याटफिस माछा विश्वको सबैभन्दा ठूलो ताजा पानीको माछाको रुपमा थियो ।
यद्यपि विश्वमा ताजा पानी (फ्रेस वाटर) मा पाइने सबैभन्दा ठूलो माछाको आधिकारिक डाटाबेस भने राख्ने गरिएको छैन ।
एसियाको अन्तर्राष्ट्रिय नदी भनिने मेकङ माछाको जैविक विविधताको दृष्टिकोणले निकै धनी मानिन्छ ।
तर अत्यधिक रुपमा माछा मारिने, जलप्रदूषण उच्च हुनु तथा बाँधहरुका कारण उक्त नदीमा माछाको पर्यावरण चक्र संकटमा परेको छ ।
तिब्बतबाट सुरु भएको मेकङ नदी चीन, म्यानमार, थाइल्याण्ड, लाओस, कम्बोडिया तथा भियतनाम हुँदै बग्दछ ।
मेकङ नदीमा माछाको विषयमा पछिल्लो २० वर्षसम्म अध्ययन गर्दै आएका जीव वैज्ञानिक जेब होगानका अनुसार कम्बोडियामा फेला परेको ३ सय किलो तौलको माछा हालसम्म पृथ्वीका नदी, ताल आदि ताजा पानीका स्रोतहरुमा पाइएको सबैभन्दा ठूलो माछा हो ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- ड्राईभरले ब्रेष्ट पक्रियो, सरले दिइस् भने पास गराउँछु भन्यो त्यसपछि.. अभिनेत्री दिया मास्के
- दुई महिना न्यायाधीशको कुर्सीमा बसेर फैसला सुनाउने भारतको सबैभन्दा ठूलो मस्तिष्क चोर
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेपछि…
- १० पास महिलाले खेतलाई बनाइन् दुनियाँको आकर्षक केन्द्र : लाखौं कमाइ गुगलले समेत तारिफ गर्यो
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै भएमा के हुन्छ ? कस्तो ग्रुपमा बच्चा जन्माउन मुस्किल ?
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
- डाक्टरको एउटै परिवारका ९ जनाको लाश फेला, कसरी भयो यो नरसंहार !
- बिहेको सपना देखाएर बिवाहित महिलालाई बलात्कार, तेस्रो पटकसम्म गर्भपतनपछि उजुरी दिइन्
गत जुन १३ मा कम्बोडियाको कोह प्रेह टापुस्थित एक स्थानीय माझीले ३.९८ मिटर लामो र २.२ मिटर चौडा माछा समाएको भनेर शोधकर्ताहरुलाई खबर गरेका थिए । त्यसपछि शोधकर्ताहरुले उक्त माछाको नापजाँच गरे ।
जसबाट सो माछाको तौल ३ सय केजी पाइयो । उनीहरुले उक्त माछाको भावी गतिविधि अध्ययन गर्नका लागि ट्याग लगाएर नदीमा पुनः छाडेका छन् । –बीबीसी
सबैको जानकारीको सेयर गर्नुहोस !!