जनकपुर । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ यही असार ९ गते जनकपुरधाम आउने भएको छ ।
भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिनुभयो ।
रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलले भारतको अयोध्या, नन्दीग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरस्थित धार्मिक क्षेत्रलाई जोड्ने महाप्रबन्धक झाले बताउनुभयो ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- ड्राईभरले ब्रेष्ट पक्रियो, सरले दिइस् भने पास गराउँछु भन्यो त्यसपछि.. अभिनेत्री दिया मास्के
- दुई महिना न्यायाधीशको कुर्सीमा बसेर फैसला सुनाउने भारतको सबैभन्दा ठूलो मस्तिष्क चोर
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेपछि…
- १० पास महिलाले खेतलाई बनाइन् दुनियाँको आकर्षक केन्द्र : लाखौं कमाइ गुगलले समेत तारिफ गर्यो
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै भएमा के हुन्छ ? कस्तो ग्रुपमा बच्चा जन्माउन मुस्किल ?
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
- डाक्टरको एउटै परिवारका ९ जनाको लाश फेला, कसरी भयो यो नरसंहार !
- बिहेको सपना देखाएर बिवाहित महिलालाई बलात्कार, तेस्रो पटकसम्म गर्भपतनपछि उजुरी दिइन्
भारतीय राजदूतावासको समन्वयमा ‘भारत गौरव पर्यटक रेल’मा करिब ५०० भारतीय पर्यटक आउन लागेको र उनीहरुले जनकपुरधामका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम छ ।
भारतीय राजदूतावासका अनुसार सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायत झल्को देख्न पाइने छ । (रासस)
सबैको जानकारीको सेयर गर्नुहोस !!