काठमाडौं । रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नै हुन नसक्ने दावी सहित निर्वाचन आयोगमा उजुरी परेको छ ।

दर्ताका लागि दिएको निवेदन नै खारेजीको माग गर्दै उजुरी दर्ता भएको स्रोतले पुष्टि गरेको छ ।

स्वतन्त्र उम्मेदवारी अभियानले निर्वाचन आयोगमा उजुरी दिएको बुझिएको छ ।

एउटा समूह निवेदन लिएर आएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

‘प्रमुख निर्वाचन अधिकृत ज्युलाई संबोधन गरेर निवेदन लिएका आएकाहरु उहाँलाई भेट्न जानु भएको छ,’ निवेदन दर्ता योग्य छ उहाँले भन्नुभयो ।

अभियानका संयोजक डम्बर शाहुले दिएको उजुरीमा पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नहुने माग गरिएको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

कानूनले स्वतन्त्र उम्मेदवारी दिन पाउने अधिकार पहिले नै सुनिश्चित गरेका कारण स्वतन्त्र भन्ने शब्द पार्टीको नाममा अघि वा पछि राख्न नमिल्ने दावी सहित उजुरीमा उल्लेख गरिएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु