काठमाडौं । देशको चर्चित विमान कम्पनी बुद्ध एयरले माफी मागेको छ ।
आफ्नो छाता संगठन ‘वायुसेवा सञ्चालक संघ’ ले बुधबारका लागि घोषणा गरेको हवाई सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णयप्रति क्षमा माग्दै आगामी दिनमा उडान नै रोक्ने निर्णयमा सहभागी नहुने बताएको हो ।
बुधबार सामाजिक सञ्जालमार्फत अत्यावश्यक सेवाअन्तर्गतको उडान बन्द गर्ने निर्णय यथोचित नभएको भन्दै बुद्ध एयरले यस्तो बताएको हो ।
वायुसेवा कम्पनी, यात्रुहरूको पारवहन सुविधा र कर्मचारीहरूको जीविकोपार्जनको थलो भएको कुरा पनि उल्लेख गरिएको छ ।
आन्तरिक समस्या समाधान गर्नका लागि सेवालाई बन्द गर्नु यथोचित निर्णय नहुने कुरा स्पष्ट पारिएको हो ।
बुद्धले आन्तरिक उडानमा दुईवटा अमेरिकी बिचक्राफ्ट र १४ वटा युरोपियन एटीआर विमान गरी १६ वटा जहाज उडाउँदै आइरहेको छ । यस्तो त फेसबुकमा जारी गरिएको बयान
असुविधाका लागि क्षमाप्रार्थी छौं
वायुसेवा कम्पनी यात्रुहरूको पारवहान सुविधा र कर्मचारीको जिवकोपार्जन थलो हो । हाम्रो आन्तरिक समस्या समाधान गर्न सेवा बन्द गर्नु यथोचित निर्णय होइन । यसको आत्मआलोचना गर्दै आगामी दिनमा हाम्रो कारणले उडान सेवा अवरुद्ध नहुने प्रण गर्दर्छौ ।
हाल काठमाडौं विमानस्थलको आन्तरिक पार्किङतर्फ रात्रि बिसानमा क्षमताभन्दा बढी जहाज छन् । यो सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण हुन्छ। धेरै अगाडिको अध्ययन र मूल्यांकनमा पार्किङ क्षेत्रमा १७ वटा जहाजको क्षमता रहेको देखाइएको छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- ड्राईभरले ब्रेष्ट पक्रियो, सरले दिइस् भने पास गराउँछु भन्यो त्यसपछि.. अभिनेत्री दिया मास्के
- दुई महिना न्यायाधीशको कुर्सीमा बसेर फैसला सुनाउने भारतको सबैभन्दा ठूलो मस्तिष्क चोर
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेपछि…
- १० पास महिलाले खेतलाई बनाइन् दुनियाँको आकर्षक केन्द्र : लाखौं कमाइ गुगलले समेत तारिफ गर्यो
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै भएमा के हुन्छ ? कस्तो ग्रुपमा बच्चा जन्माउन मुस्किल ?
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
- डाक्टरको एउटै परिवारका ९ जनाको लाश फेला, कसरी भयो यो नरसंहार !
- बिहेको सपना देखाएर बिवाहित महिलालाई बलात्कार, तेस्रो पटकसम्म गर्भपतनपछि उजुरी दिइन्
यसै कारणले नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायु सेवालाई त्यसभन्दा बढी जहाज काठमाडौं बाहिर रात्रि विसान गर्न निर्देशन दिएको हो। आजको परिस्थितिमा त्यस पार्किङ थलो सुधार भएको छ र अहिले १७ वटाभन्दा बढी जहाज रात्रि बिसान हुने अवस्था छ ।
नागरिक उड्डयन प्राधिकरणले सोही अनुरुप काठमाडौंमा रात्रि बिसान हुने जहाजहरुको संख्या बढाउने आश्वासन प्राप्त भएको छ । यसले नेपाली यात्रुलाई उल्लेख्य सुविधा पुग्ने र सबै क्षेत्रलाई आर्थिक लाभ प्राप्त हुनेछ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!