काठमाडौं । पर्यटनमन्त्री प्रेम आले पुरानै पार्टीमा फर्किने तयारीमा लाग्नु भएको छ ।

वर्तमान सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले नेकपा एमालेमा प्रवेश गर्ने तयारी तीव्र पार्नुभएको हो ।

एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीबाट देउवा सरकारमा मन्त्री बन्नु भएका उहाँ आले पुनः पुरानै घरमा फर्किन थाल्नु भएको छ ।

एकीकृत समाजवादीले मन्त्रीहरू हेरफेर गर्ने तयारी गरिरहेको बेला आलेले यस्तो कदम उठाउनु भएको हो ।

आफू मन्त्रीबाट बाहिरिने पक्का भएपछि उहाँले एमाले फर्किनको लागि आन्तरिक रूपमा कसरत बढाएको निकटस्थ व्यक्तिहरुले जानकारी दिएका छन् ।

गत वर्ष असार २८ गते प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने क्रममा उहाँ एमाले छोडेर एकीकृत समाजवादीमा लाग्नु भएको थियो । त्यसअघि आले तत्कालिन केपी शर्मा ओली सरकारमा पनि मन्त्री हुनुहुन्थ्यो ।

भदौ ३ मा एकीकृत समाजवादीतर्फ लाग्नु भएका आले अहिले एमालेमा फर्कन प्रत्यक्ष/अप्रत्यक्ष रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद बढाउँदै हुनुहुन्छ । श्रोतका अनुसार आलेले गृहजिल्ला डोटीका एकीकृत समाजवादीका नेताहरूलाई अध्यक्ष ओलीकहाँ पठाउनु भएको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

नेकपा एकीकृत समाजवादीका डोटीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीसहितका नेताहरू ओली निवास बालकोट पुगेर आलेका लागि लबिङ गरिरहेका छन् ।

अर्कोतिर आले आफैँले पनि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग निरन्तर सम्पर्कमा हुनुहुन्छ । नेम्वाङलाई अध्यक्ष ओलीको विश्वासपात्रको रुपमा हेर्ने गरिएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु