काठमाडौं । घूस लेनदेनको अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले स्पष्टिकरण दिनुभएको छ ।

उहाँले आफूले कुनै अनुचित काम नगरेको स्पष्ट हुन अनुरोध गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘मबाट कुनै अनुचित कार्य भएको छैन । बिभिन्न प्रभाव र दवावका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको छु ।’

उहाँले आफूमाथि न्याय परिषदबाट छानबिनको माग पनि गर्नुभएको छ । ‘ममाथि न्याय परिषदबाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु,’ उहाँले भन्नुभएको छ ।

ठगीको आरोपमा मुद्दा चलेका सिभिल सहकारीका सञ्चालक ईच्छाराज तामाङलाई धरौटीमा छाड्ने विषयमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीचको टेलिफोनमा भएको कुराकानी बाहिरिएको थियो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

जसमा उहाँहरुले पैसा लिएर तामाङलाई धरौटीमा छाड्ने बारेमा कुराकानी गरेको सुन्न सकिन्छ ।

तामाङको पक्षमा वकालत गर्नुभएका पोखरेलले तामाङलाई धरौटीमा छाड्न न्यायाधीशलाई सहमत गराउन खोजेको अडियोमा सुन्न सकिन्छ । त्यसमा आर्थिक लेनदेनको कुरा प्रष्ट हुन्छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु