काठमाडौं । लुम्बिनी प्रदेश स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री वलीले अर्काको श्रीमानलाई आफ्नो दावी गरेको, महिला र बच्चामाथी हातपात गरेका घटनामाथि छानबिन गर्न प्रदेश सरकारले गठन गरेको टोली दाङ पुगेको छ ।
राज्यमन्त्री वलीले गत जेठ ३१ गते तुलसीपुर उपमहानगरपालिका–५ स्थित एकराज बस्नेतको घरमा पुगेर उहाँकी श्रीमती र पाँच बर्षकी छोरीलाई हातपात गरेको अभियोग लागेको छ ।
उहाँले एकराज आफ्नो पोई भएको दावी गरेको समेत आरोप छ । हातपातको उजुरी जिल्ला प्रहरी कार्यालय दाङमा पुगेको छ ।
तर कानूनी कारबाही अघि बढेको छैन । घटनाबारे छानबिन गर्न समिति गठन भएको छ ।
तर मन्त्री वलीलाई घरमा गएर उदण्ड गरिरहेकै बेला छिमेकी सहित भएर एकराजकी श्रीमतीले घरमा नै थुनेर प्रहरीलाइै जिम्मा लगाउनुभएको थियो । प्रहरीले नियन्त्रणमा लिएर राति बुटवल पुर्याएको थियो ।
सोही घटनाबारे छानबिन गर्न बनेको समितिको टोली मंगलबार राति नै दाङ गएको हो । समितिको संयोजकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा, महिला, बालवालिका तथा कानुनमन्त्री रमा घर्ती, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीलगायत अहिले दाङमा हुनुहुन्छ ।
उक्त टोलीले घटनाबारे छानविन गर्न बुधबार प्रहरी र पीडित परिवारका सदस्यसँग कुराकानी गरेको छ । समितिले घटनाबारे छानबिनपछि प्रतिवेदन तयार पारेर मन्त्रिपरिषद बैठमा पेश गर्ने समितिका संयोजक सञ्चार मन्त्री शर्माले जानकारी दिनुभयो ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- जब २ बर्षको बच्चाको लिंग अश्वभाविक बढ्यो : रौँ आयो, विर्यपात हुन थाल्यो !
- दुई महिना न्यायाधीशको कुर्सीमा बसेर फैसला सुनाउने भारतको सबैभन्दा ठूलो मस्तिष्क चोर
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेपछि…
- १० पास महिलाले खेतलाई बनाइन् दुनियाँको आकर्षक केन्द्र : लाखौं कमाइ गुगलले समेत तारिफ गर्यो
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै भएमा के हुन्छ ? कस्तो ग्रुपमा बच्चा जन्माउन मुस्किल ?
- वरिष्ठ डाक्टरले छोरीहरुको महिनावारी १०–१२ बर्षमै हुन्छ विवाह योग्य उमेर ११ बर्ष तोकौ भनेपछि…
- डाक्टरको एउटै परिवारका ९ जनाको लाश फेला, कसरी भयो यो नरसंहार !
- युवतीका कारण भारत बर्बाद : हनी ट्र्यापमा फसेर इन्जिनियरले मिसाइलहरूको डाटा लीक गरे
- क्यान्सरसँग लडिरहेकी मिस इण्डिया अभिनेत्री महिमा चौधरीको अनुहारबाट ६७ सिसाका टुक्रा हटाइयो
राज्यमन्त्री वलीले भने वाईसिएल नेता एकराज बस्नेतसँग आफ्नो लेनदेन कारोबार रहेकाले यसै विषयमा कुराकानी गर्न उहाँको घरमा पुगेको दावी गर्नुभएको छ । मन्त्री विमलाको यसअघिपनि एकराजसँग प्रेम सम्बन्ध रहेको सामाचार प्रकाशित भएका थिए ।
उहाँले सार्वजनिक गरेको एक तस्वीरलाई लिएर उक्त खबर आएको थियो । वाईसीएलका नेता एकराजले ३५ लाख रकम अहिलेसम्म फिर्ता नगरेकाले खोज्दै गएको र घरमा उहाँकी श्रीमतीसँग हातहालाहालको अवस्था सिर्जना भएको मन्त्री वलीको आरोप छ ।
एकराजकी श्रीमती मिना बस्नेतले भने आफूमाथि हातपात गरेको भनी आरोप लगाउँदै राज्यमन्त्री वलीविरुद्ध प्रहरीमा जाहेरी समेत दिनुभएको छ । जाहेरी उपर अहिलेसम्म कुनै कानूनी कारबाही अघि बढेको छैन ।
सबैको जानकारीको सेयर गर्नुहोस !!