काठमाडौं । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायव सुब्बा गणपति झाले जागिर अवधिमा चार करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ कमाएको खुलेको छ ।

जसमध्ये २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ आम्दानीको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२०३९ साल मंसिर ९ गते सार्वजनिक सेवा प्रवेश गरेका झाले २०७८ सम्‍म ४ करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ आम्दानी गरेका थिए । जसमा उनको वैध आय २ करोड ४२ लाख ६७ हजार १०४ रुपैयाँ मात्र हुने अख्तियारको दावी छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

उनको स्रोत नखुलेको आम्दानी २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ भ्रष्टाचार मार्फत आर्जन गरेको भन्दै अख्तियारले रकम जफत र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही गर्न माग गरेको छ ।

झाले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अवैध आर्जनको सम्पत्ति उनले घर निर्माण, जग्गा खरिद, अध्ययन खर्च, करुणाकर इन्टरप्राइजेज, न्यू थ्री ब्रदर्स एण्ड बिल्डर्स र नीति कन्सट्रक्सनका लागि खर्च गरेको अख्तियारको खोजीमा खुलेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु