काठमाडौं । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परेर झण्डै एक हजार जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार अहिलेसम्म कम्तीमा ९२० जनाको मृत्यु भएको छ ।

६०० भन्दा बढी घाइते भएको तालिबान अधिकारीहरूले बताएका छन् । सामाजिक सञ्जालमा आइरहेका तस्विरहरूमा त्यहाँ डरलाग्दो पहिरो र भत्किएका माटोका घरहरू देखिन्छन् ।

सबैभन्दा धेरै क्षति पूर्वी प्रान्त पक्तिकामा भएको छ, जहाँ उद्धार टोलीले घाइतेहरूको उपचार गर्ने प्रयास गरिरहेका छन् ।

यस प्रदेशमा ठूलो संख्यामा घर भग्नावशेषमा परिणत भएका छन् । त्यहाँबाट आएका तस्विरमा घाइतेहरुलाई स्ट्रेचरमा बोकेर हिँडेको देख्न सकिन्छ । घाईतेहरुलाई दुर्गम क्षेत्रबाट हेलिकप्टरबाट अस्पताल पुर्याईएको छ ।

तालिबान नेता हिब्तोल्लाह अखुन्दजादाले सयौं घर ध्वस्त भएको र मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।

तालिवानका प्रकोप व्यवस्थापनका लागि उपमन्त्री सरफुद्दिन मुस्लिमले एक पत्रकार सम्मेलनमा कम्तिमा ९२० जनाको ज्यान गएको र ६०० भन्दा बढी घाइते भएको जानकारी गराएका हुन् ।

जानकारी अनुसार भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वी सहर खोस्तबाट ४४ किलोमिटर टाढा रहेको थियो । अफगानिस्तान, पाकिस्तान र भारतमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पको जोडदार धक्का अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस गरिएको भयो ।

तालिबानका प्रवक्ता बिलाल करीमीले ट्वीटमार्फत भूकम्पमा सयौं मानिसको मृत्यु भएको जानकारी दिएका छन् । करीमीले प्रभावित जिल्लाको नाम भने खुलाएनन् । स्थानीय समय अनुसार राति १ः३० बजे भूकम्प गएको हो । त्यतिबेला मानिसहरु घरमै सुतिरहेका थिए, जसकारण मृतकहरुको संख्या पनि बढ्यो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

अफगानिस्तानको पक्तिका प्रान्तका साथै खोस्त, गजनी, लोगर, काबुल, जलालाबाद र लगमानमा पनि भूकम्पले क्षति पुर्याएको छ । तालिवान अधिकारीहरूले भूकम्पबाट प्रभावित देशको पूर्वी भागहरूमा राहत एजेन्सीहरू पुग्न आग्रह गरेका छन् । एक स्थानीय डाक्टरले बीबीसीलाई मृत्यु हुनेमा अधिकांश पक्तिका प्रान्तको ज्ञान र बर्माल जिल्लाका छन् ।

स्थानीय वेबसाइट इटिलेट रोजका अनुसार ग्यान जिल्लाको पूरै गाउँ ध्वस्त भएको छ । दशकौंदेखि युद्ध लडिरहेको अफगानिस्तानले भूकम्प र अन्य प्राकृतिक प्रकोपबाट बच्न अहिलेसम्म कुनै विशेष उपाय अपनाएको छैन । यस्तो अवस्थामा विपद् आउँदा देशलाई त्यसको सामना गर्न निकै गाह्रो भइरहेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणले ७.१ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ । भूकम्पको केन्द्रविन्दु खोस्टबाट ४४ किलोमिटर दक्षिण–पश्चिममा रहेको थियो । अफगानिस्तानको ग्रामीण क्षेत्रका अधिकांश घरहरू माटोले बनेका छन्, जसले भूकम्पको धक्का सहन सक्दैनन् । सोही कारण त्यहाँ भूकम्पबाट बढी क्षति हुने गरेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु