काठमाडौं । नेपालमा एक भारतीय पत्रकार थुनामा रहेका छन् ।
१०० डलरका नक्कली नोट फेला पारेपछि झापाको चन्द्रगढी विमानस्थलबाट उनलाई पक्राउ गरिएको छ ।
भारतले भने ‘छोटो फिल्मको छायांकनका लागि आवश्यक पर्ने भएको उक्त नक्कली नोट छापेको हुनसक्ने दावी गरेको छ ।
सोही आरोपमा सात महिनाभन्दा बढी समयदेखि झापा कारागारमा थुनिएका भारतीय फोटोग्राफरलाई रिहा गर्न नेपाली फोटो पत्रकारहरूको समूहले माग गरेको छ । ।
पश्चिम बंगालको हावडा जिल्लाको साल्कियाका २४ वर्षीय दुर्लभ रोय चौधरीले विभिन्न समाचार संस्थाहरूमा स्वतन्त्र फोटोग्राफरको रूपमा काम गरेका थिए। उनको “Snipper Monk Travels” नामक युट्युब च्यानल पनि छ।
कोलकाताबाट सिलगढी र काँकडभिट्टा नाका हुँदै नेपाल आउँदै गर्दा उनलाई झापा जिल्लाको चन्द्रगढी विमानस्थलबाट पक्राउ गरिएको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।
आफ्नो लिंक्डइन पेजमा आफूलाई नेशनल ज्योग्राफिक योगदानकर्ता भनेर चिनाउने चौधरीलाई बुद्ध एयरको काठमाडौंको उडानमा चढ्नुअघि विमानस्थलमा सुरक्षा जाँचका क्रममा पक्राउ गरिएको थियो।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- जब २ बर्षको बच्चाको लिंग अश्वभाविक बढ्यो : रौँ आयो, विर्यपात हुन थाल्यो !
- दुई महिना न्यायाधीशको कुर्सीमा बसेर फैसला सुनाउने भारतको सबैभन्दा ठूलो मस्तिष्क चोर
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेपछि…
- १० पास महिलाले खेतलाई बनाइन् दुनियाँको आकर्षक केन्द्र : लाखौं कमाइ गुगलले समेत तारिफ गर्यो
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै भएमा के हुन्छ ? कस्तो ग्रुपमा बच्चा जन्माउन मुस्किल ?
- वरिष्ठ डाक्टरले छोरीहरुको महिनावारी १०–१२ बर्षमै हुन्छ विवाह योग्य उमेर ११ बर्ष तोकौ भनेपछि…
- डाक्टरको एउटै परिवारका ९ जनाको लाश फेला, कसरी भयो यो नरसंहार !
- युवतीका कारण भारत बर्बाद : हनी ट्र्यापमा फसेर इन्जिनियरले मिसाइलहरूको डाटा लीक गरे
- क्यान्सरसँग लडिरहेकी मिस इण्डिया अभिनेत्री महिमा चौधरीको अनुहारबाट ६७ सिसाका टुक्रा हटाइयो
खोजीका क्रममा प्रहरीले उनको साथबाट अमेरिकी डलर १०० दरका २२६ नक्कली नोट फेला पारेको थियो ।
चौधरीलाई झापा जिल्ला अदालतमा पेश गरी नक्कली विदेशी मुद्रा ओसारपसार गरेको अभियोगमा अदालतको अनुमतिमा झापा कारागारमा राखिएको छ ।
राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले उनी कुनै नक्कली नोट काण्डमा संलग्न नभएको दाबी गर्दै रिहाइको माग गरेका छन् ।
युट्युबमा प्रसारण हुन लागेको छोटो चलचित्र ‘मनी इज नथिङ’ को छायांकनका लागि चौधरी नेपाल आएको प्रहरीले अनुसन्धानका क्रममा बताएको छ । त्यही चलचित्रका लागि उनले नक्कली नोट ल्याएको दावी भारतीय पक्षको छ । तर यति धेरै नक्कली त्योपनि हुबहु जस्तो देखिने किन छापियो भन्ने प्रहरीले अनुशन्धान गरिरहेको छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!