काठमाडौं । सरकारले इम्बोस्ड नम्बर प्लेट नजोडे सवारी जफत गरेर एक वर्ष कैद गर्ने चेतावनी दोहोर्याएको छ । उक्त सूचना राजपत्रमा नै प्रकाशित भइसकेको छ ।

बुधबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा सांसदहरुले सरकारी अधिकारीलाई नम्बर प्लेट खुइलिने, फुट्ने समस्या आएको भन्दै वास्तविकता के हो ? भनी प्रश्न गर्नुभएको थियो ।

जवाफमा यातायात व्यवस्था विभागका महानिर्देशक नवराज घिमिरेले इम्बोस्ड नम्बर प्लेट फुट्ने समस्या देखिएको स्वीकार गर्नुभयो ।

महानिर्देशक घिमिरेले मोटरसाइकलको हकमा इम्बोस्ड नम्बर प्लेट फुट्ने समस्या आएको बताउनुभयो । ‘फिटिङमा समस्या छ, यो डिजाइनमा भएको त्रुटिले हो,’ उहाँले भन्नुभयो ।

उपभोक्ताबाट गुनासो आइरहे पनि इम्बोस्ड नम्बर प्लेट लागू गर्नबाट सरकार पछि हट्न नसक्ने उहाँको भनाई छ ।

राज्यले ठूलो रकम खर्च गरेर ठेक्का दिइसकेको र नम्बर प्लेट नबनाएर पनि ठेकदारलाई शतप्रतिशत रकम भुक्तान गर्नुपर्ने भएकाले इम्बोस्ड नम्बर प्लेट लागू गर्नबाट सरकार ब्याक हुन नसक्ने तर्क महानिर्देशकको छ ।

आगामी १ साउनदेखि कडाइका साथ इम्बोस्ड नम्बर प्लेट जडान गरेको छ वा छैन भनेर चेकिङ हुने उहाँको भनाई छ ।

त्यसअगाडि इम्बोस्ड नम्बर प्लेट जडानका लागि वर्ग तोकिएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार नयाँ दर्ता हुने, ब्लुबुक नवीकरण हुने र नामसारी हुने सवारी गुड्नका लागि आगामी १ साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको छ ।

यस्ता सवारीमा १ साउनदेखि कडाइका साथ अनुगमन हुने र इम्बोस्ड नम्बर प्लेट जडान नभएको हकमा कारबाही गर्ने नीति सरकारले लिएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक घिमिरेका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारी धनीलाई एक वर्ष कैद हुने व्यवस्था छ । कैदसँगै सम्बन्धित सवारी जफत गरी ५ हजारदेखि १५ हजारसम्म जरिवाना हुने ऐनमा उल्लेख छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

‘कानून अनुसार १ मंसिर २०७८ यता किनिएका सवारीसाधनहरु इम्बोस्ड नम्बर प्लेट नभएको अवस्थामा फेला परे सबै जफत हुन्छ । राजपत्रमा प्रकाशित सूचना कानून सरह हो । कानुनले इम्बोस्ड नम्बर प्लेटलाई अनिवार्य मानेको छ ।

१ फागुन २०७८ देखि सवारी नामसारी गर्दा र १ जेठ २०७९ देखि सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) नवीकरण गर्दा इम्बोस्ड नम्बर जोड्नै पर्ने व्यवस्था छ । नवीकरण नगरेको पाईएमा थप कारबाही हुने सूचनामा उल्लेख छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु