काठमाडौं । सामाजिक सञ्जालमा एक अफगान शरणार्थीको तस्वीर खरबारीमा लागेको आगो जस्तै भाइरल भइरहेको छ ।

अफगान शरणार्थीको यो तस्वीर धेरै वर्ष पुरानो हो । यो तस्वीर विश्वका चर्चित फोटोग्राफर स्टिभ म्याककरीले आफ्नो क्यामेरामा कैद गरी सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

यो तस्वीर सेयर हुनेबित्तिकै इन्टरनेटमा भाइरल भयो । मानिसहरु यी अफगानी व्यक्तिलाई अमिताभ बच्चन भनेर बताइरहेका छन् ।

यो तस्वीर आफैंमा यति बलियो छ कि यसलाई देखेपछि मानिसले आँखा हटाउन सक्दैनन् ।

सामाजिक सञ्जालमा यो तस्वीर हेरेपछि मानिसहरु यसमा प्रतिक्रिया दिनबाट आफूलाई रोक्न सकिरहेका छैनन् । तस्वीरमा, तपाईंले अफगान शरणार्थीलाई टाउकोमा पगडी लगाएको र एउटा आँखा लुकाइएको अवस्थामा देख्न सक्नुहुन्छ ।

ती व्यक्तिको आँखामा बाक्लो कालो चश्मा पनि देख्न सकिन्छ । उनको अनुहारको रफ र सेतो दाह्रीले फोटोमा जीवन्तता ल्याएको छ । तपाईलाई बताउ कि सन् २०१८ मा पनि यो तस्वीर चर्चामा आएको थियो ।

त्यतिबेला यो तस्वीर भाइरल भएपछि मानिसहरूले यसलाई अमिताभ बच्चनको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को सेटको हो भनेका थिए । यसबीच फेरि यो तस्वीर एकपटक चर्चामा आएको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

फोटो सेयर गर्दै फोटोग्राफरले यो तस्वीर अफगान शरणार्थीको भएको बताएका छन् । यी व्यक्तिको लुक्स अमिताभ बच्चनसँग मिल्दोजुल्दो छ । जसकारण फ्यानहरु माझ यसले हंगामा मच्चाएको छ ।

कसैले यो व्यक्तिलाई अमिताभ बच्चन भनिरहेका छन् भने कसैले यो अमिताभ बच्चनको आगामी फिल्मको लुक हो भन्दैछन् । तस्वीरमा प्रतिकृया दिदैँ एक व्यक्तिले लेखेका छन्, ‘पहिलो नजरमा मलाई यो अमिताभ बच्चन हो भन्ने लागेको थियो ।’

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु