काठमाडौं । आफ्नै श्रीमतीलाई चुम्बन गर्नु एक व्यक्तिका लागि महंगो परेको छ । अयोध्यामा पवित्रस्थल मानिने ‘राम की पैडी’ मा एक दम्पती नुहाउने क्रममा चुम्बन गरेपछि विरोध गरिएको हो ।
ती दम्पतीले नुहाउने क्रममा एकअर्कालाई चुम्बन गरेका थिए । यो घटना मंगलबारको हो । मंगलबार रामको पाइलामा योग दिवस मनाइयो ।
कार्यक्रममा केन्द्रीय मन्त्री भूपेन्द्र यादव पनि सहभागी थिए । यो घटना मन्त्री प्रस्थान गरेको दुई घण्टापछि भएको बताइएको छ ।
अबेर राति यससँग सम्बन्धित दुईवटा भिडियो पनि सार्वजनिक भएका छन् । जसमा श्रीमान नुहाउने क्रममा श्रीमतीलाई चुम्बन गरिरहेको देखिन्छ । दोस्रोमा उनलाई श्रद्दालुहरुले कुटपिट गरेका छन् ।
करिब ३० वर्षका श्रीमानलाई २–३ जनाले २० मिनेटसम्म कुटपिट गरेका हुन् । उनको अनुहार, काँध र ढाडमा चोट लागेको छ ।
त्यस क्रममा श्रीमती श्रीमानको जीवन माग्दै रोइरहेकी थिइन् । तर उनको कुरा कसैले सुनेनन् । त्यहाँ उपस्थित अन्य व्यक्तिहरूले घटनाको भिडियो बनाएका हुन् ।
विरोध गर्नेहरूले त्यहाँ आफ्ना परिवारहरू पनि उपस्थित भएकाले पति–पत्नीले अश्लीलता फैलाएको आरोप लगाए । त्यस्तो व्यवहार आफूहरुले सहन नसक्ने भन्दै उनीहरुले हातपात गरेका हुन् ।
श्रद्दालुले सार्वजनिक स्थानमा यस्तो अभद्र काम गर्न नहुने भन्दै आपत्ति जनाएका छन् । जानकारीपछि घटनास्थल पुगेका लक्ष्मणघाट चौकीका प्रहरीले यस विषयमा केही भन्न मानेका छैनन् ।
श्रीरामवल्लभकुञ्जका प्रमुख स्वामी राजकुमार दासले भने, ‘सार्वजनिक स्थानमा यस्तो अभद्र काम गर्नु ठीक होइन ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- ड्राईभरले ब्रेष्ट पक्रियो, सरले दिइस् भने पास गराउँछु भन्यो त्यसपछि.. अभिनेत्री दिया मास्के
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेपछि…
- बिहानै खालीपेटमा यस्तो बनाएर ३ गिलास पानी पिउनुहोस् : केही दिनमा सुरु हुन्छ यस्तो चमत्कार
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै भएमा के हुन्छ ? कस्तो ग्रुपमा बच्चा जन्माउन मुस्किल ?
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
तीर्थस्थलहरूमा धर्म र मर्यादाको पालना गर्नुपर्छ । सार्वजनिक स्थानमा यस्तो अभद्र व्यवहार भयो भने समाजमा गलत सन्देश जान्छ ।’ हनुमत निवासका महन्त डा मिथिलेश नन्दिनी शरणले भने, ‘अयोध्याको सरयू किनारा र रामको पैडीलाई चौपाटी बनाउनु उचित होइन ।
चुम्बन यहाँ गलत छ । जनताले पिटेर राम्रो गरे । यस सम्बन्धमा छिट्टै आन्दोलन गरिने छ ।’ यसका साथसाथै यस्ता आचरण रोक्न नसकेको प्रशासनविरुद्ध सन्तहरूले पनि आवाज उठाउने उनले बताए ।
सबैको जानकारीको सेयर गर्नुहोस !!