काठमाडौं । काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ विकास आयोजनामा अनियमितताका थप प्रमाण फेला परेका छन् ।

आयोजनाको कार्यालय सञ्चालनका लागि लिइएको घरको भाडा तथा कार्यालय सञ्चालनका क्रममा खरिद नै नगरिएका सेवा र वस्तुको नाममा हरेक वर्ष खर्च गरिएको पाइएको छ।

घरधनीले लिने गरेको भाडा र कार्यालयले भुक्तानी गर्ने भाडाको रकममा अन्तर छ भने कार्यालय सहयोगीलाई तलब रोकेर राखिएको छ।

उल्टै, कर्मचारीलाई खुवाएको चिया, खाजा, पानीलगायतको खर्चसमेत अहिलेसम्म भुक्तानी नदिएको गुनासो तल्लो तहका कर्मचारीको छ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

आयोजनाको सुरुदेखि नै सतुङ्गलस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयबाट सय मिटर पूर्वमा रहेको चोकसँगैको घरको पहिलो तलामा बाहिरी चक्रपथ विकास आयोजनाको साइड कार्यालय राखिएको छ तर उक्त कार्यालयबाट कुनै काम भएको छैन ।

तीन कोठाको कार्यालयबाहिर झुन्ड्याइएको बोर्ड धुजाधुजा भइसकेको छ भने अक्षर मुस्किलले मात्र पढ्न सकिन्छ। यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु