काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमबाट बाहिर राखिएका सबै खेलाडीलाई ससम्मानका साथफिर्ता बोलाउने निर्णय गरेको छ ।

बुधबार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले राष्ट्रिय टिमबाट बाहिर राखिएका सबै खेलाडीहरुलाई ससम्मान फिर्ता बोलाउने निर्णय गरेको हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अनुमतिविना बन्द प्रशिक्षण छाडेर रात्री क्लब पुगेको भन्दै अनुशासनको डण्डा चलाएको राम्रा खेलाडी राष्ट्रिय टिम बाहिर छन् ।

कारबाहीमा परेका रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, सन्तोष तामाङसहित १० खेलाडीलाई प्रशिक्षक अल्मुताइरीले राष्ट्रिय टोलीबाट बाहिर निकालेका थिए ।

साथै, एन्फाको बैठकले मुख्य प्रशिक्षक अल्मुताइरीका विषयमा छानबिन गर्न गठित समितिको प्रतिवेदनलाई ध्यानमा राख्ने र अन्तर्राष्ट्रिय सम्बन्धमा खलल नपुग्ने गरी छलफल अघि बढाउने पनि निर्णय गरेको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

एन्फा अध्यक्षमा निर्वाचित पंकजविक्रम नेम्वाङले आफ्नो पहिलो कदम खेलाडीलाई टिममा फिर्ता बोलाएर अघि बढाएका छन् ।

हिजो मात्रै एन्फाको महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनित भएका छन् । एन्फाले पूर्णता पाएसँगै अब राम्रो काम हुने अपेक्षा गरिएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु