काठमाडौं । नेकपा एमाले नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपाललाई व्यांग्य प्रहार गर्नुभएको छ ।
नेता नेपाललाई उहाँकै मन्त्रीहरुले टालो बनाएर फ्याँकेको टिप्पणी गर्नुभएको हो ।
उहाँले सामाजिक संजालमा स्टाटस् लेख्दै हिजो ओली को हो र उनको निर्णय मान्नुपर्ने भन्दै छाँति पिट्ने माधव आजै आफ्नै मन्त्रीहरुबाट फ्याँकिएको टालो बनेको टिप्पणी उहाँको छ ।
‘हिजो ओली को हो र उनको निर्णय मान्नु पर्ने ? म त नेता हुँ नेता, भनेर छाँती पिट्ने माधव नेपाललाई आज उनकै निर्णय उनकै मन्त्रीहरुले टालो बनाएर फाल्दिदा कस्तो लागेको होला म्यादी भित्र जादा उमेदवार बाहिर निस्कने उमेदवार मन्त्रीभित्र जादा म्यादी निस्कने दृष्य एक हप्तादेखि सदनमा देख्न पाइएकै छ,’ उहाँले लेख्नुभएको छ ।
नेपाली काँग्रेस नेतृत्वको सरकारले मन्त्रिमण्डल हेरफेरको तयारी भर्खरै गरिरहेको छ । तर सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले भने यसअघि नै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु सिफारिस गरेको थियो ।
तर प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त समय मन्त्रिमण्डल हेरफेर गर्न सहमति नदिएको बाहिर चर्चा छ ।
तर वास्तविकता भने अहिले भइरहेका मन्त्रीहरुले नै आपत्ति जनाएका कारण मन्त्री फेर्न नसकिएको बुझिएको छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- एकै परिवारका ९ जनाको सामूहिक आत्महत्याको घटनाले लियो नयाँ मोड
- तीन बर्षसम्म बलात्कार गरेको भन्दै बीमा कम्पनीकी म्यानेजरले दिइन् सहकर्मी विरुद्ध उजुरी
- युवतीका कारण भारत बर्बाद : हनी ट्र्यापमा फसेर इन्जिनियरले मिसाइलहरूको डाटा लीक गरे
- क्यान्सरसँग लडिरहेकी मिस इण्डिया अभिनेत्री महिमा चौधरीको अनुहारबाट ६७ सिसाका टुक्रा हटाइयो
- आँप खानेबित्तिकै यी खाने कुरा भुलेरपनि नखानुहोस् : डाक्टर भन्छन् विष समान हुन्छ
- शारीरिक सम्पर्कमा महिलामा देखिन्छ यी १० परिवर्तन, तर उनीहरुलाई नै थाहा हुँदैन
- वरिष्ठ डाक्टरले छोरीहरुको महिनावारी १०–१२ बर्षमै हुन्छ विवाह योग्य उमेर ११ बर्ष तोकौ भनेपछि…
- अमेरिकामा अचानक आयो बादलको सुनामी, मानिसहरुलाई अब बाँचिन्छ भन्ने लागेन [ भिडियोसहित ]
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
- डाक्टरको एउटै परिवारका ९ जनाको लाश फेला, कसरी भयो यो नरसंहार !
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
यही समय नेता बास्कोटाले अध्यक्ष माधव नेपालको निर्णयलाई मन्त्रिहरुले अटेर गरेको भन्दै उक्त टिप्पणी गर्नुभएको छ ।
मन्त्रीहरुले आफूलाई हटाए पार्टी छोडेर जाने धम्की दिएपछि प्रधानमन्त्री देउवा र अध्यक्ष नेपाल स्वयं ब्याक भएको स्रोतको दावी छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!