काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले ग्यासको मूल्य घटाउन तीन महिनाका लागि सङ्घीय कर निलम्बन गर्ने बताउनुभएको छ ।
रुस–युक्रेन युद्ध सुरु भएपछि बढेको ग्यासको मूल्य नियन्त्रणका लागि सङ्घीय कर निलम्बन गर्न लागेको बाइडेन प्रशासनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
यसका लागि राष्ट्रपति बाइडेनले भोलि बिहीवार बस्ने सङ्घीय संसद्को बैठकमा अनुरोध गर्ने तयारी गर्नुभएको छ ।
अमेरिकामा ग्यासमा प्रति ग्यालेन अर्थात् तीन दशमलव ७८ लिटरमा १८ सेन्ट सङ्घीय कर लाग्छ ।
रुस–युक्रेन युद्ध सुरु हुनुअघि अमेरिकामा प्रति ग्यालेन ग्यासको मूल्य तीन डलर रहेकोमा अहिले बढेर पाँच डलर पुगेको छ । केही राज्यमा कर बढी भएका कारण प्रति ग्यालेन ६ डलरसम्म पुगेको छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- एकै परिवारका ९ जनाको सामूहिक आत्महत्याको घटनाले लियो नयाँ मोड
- तीन बर्षसम्म बलात्कार गरेको भन्दै बीमा कम्पनीकी म्यानेजरले दिइन् सहकर्मी विरुद्ध उजुरी
- युवतीका कारण भारत बर्बाद : हनी ट्र्यापमा फसेर इन्जिनियरले मिसाइलहरूको डाटा लीक गरे
- क्यान्सरसँग लडिरहेकी मिस इण्डिया अभिनेत्री महिमा चौधरीको अनुहारबाट ६७ सिसाका टुक्रा हटाइयो
- आँप खानेबित्तिकै यी खाने कुरा भुलेरपनि नखानुहोस् : डाक्टर भन्छन् विष समान हुन्छ
- शारीरिक सम्पर्कमा महिलामा देखिन्छ यी १० परिवर्तन, तर उनीहरुलाई नै थाहा हुँदैन
- वरिष्ठ डाक्टरले छोरीहरुको महिनावारी १०–१२ बर्षमै हुन्छ विवाह योग्य उमेर ११ बर्ष तोकौ भनेपछि…
- अमेरिकामा अचानक आयो बादलको सुनामी, मानिसहरुलाई अब बाँचिन्छ भन्ने लागेन [ भिडियोसहित ]
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
- डाक्टरको एउटै परिवारका ९ जनाको लाश फेला, कसरी भयो यो नरसंहार !
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
राष्ट्रपति बाइडेनले सङ्घीय कर निलम्बन गर्नुका साथै राज्य सरकारको करलाई समेत घटाएर प्रति ग्यालेन एक डलर भाउ घटाउन अनुरोध गर्नुहुने ह्वाइट हाउसलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
कर निलम्बनले मात्रै बढिरहेको मूल्यमा राहत नपुग्ने भएकाले राहतका अरू प्याकेज बारेमा पनि राष्ट्रपति बाइडेनले छलफल गरिरहनुभएको ह्वाइट हाउसका अधिकारीहरूले बताएका छन् ।
सबैको जानकारीको सेयर गर्नुहोस !!