काठमाडौं । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले भारतबाट आएको आर्थिक सहयोग ‘दान’ नभएको बताउनु भएको छ ।
उहाँले मुलुक गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको भन्दै यो ऋण चुक्ता गर्ने योजना बनाउनुपर्ने स्पष्ट पार्नुभएको हो ।
उहाँका अनुसार श्रीलङ्का सन् १९४८ मा आफ्नो स्वतन्त्रता पछिको सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ, जसका कारण खाद्यान्न, औषधि, खाना पकाउने ग्यास र इन्धन जस्ता अत्यावश्यक वस्तुहरूको चरम अभाव भएको छ ।
विक्रमासिङ्घेले संसदमा भन्नुभयो, ‘हामीले भारतीय लाइन अफ क्रेडिट अन्तर्गत ४ अर्ब अमेरिकी डलर ऋण लिएका छौं ।
हामीले हाम्रा भारतीय समकक्षहरूलाई थप ऋण दिन अनुरोध गरेका छौं, तर भारतले पनि हामीलाई यसरी निरन्तर सहयोग गर्न सक्दैन । उनीहरूको सहयोगको पनि सीमा हुन्छ । अर्कोतर्फ यी ऋण चुक्ता गर्ने योजना पनि हामीसँग हुनुपर्छ । यो दानमा प्राप्त पैसा होइन ।’
समाचार एजेन्सी पीटीआईका अनुसार रनिल विक्रमासिङ्घेले आर्थिक संकटसँग जुध्न सरकारले हालसम्म चालेका कदमबारे संसदमा जानकारी दिने क्रममा यस्तो कुरा बताउनु भएको हो ।
भारतीय रिजर्भ बैंक (आरबीआई) का शीर्ष अधिकारीहरूको टोली स्थानीय आर्थिक अवस्थाको आंकलन गर्न बिहीबार (आज) कोलम्बो पुग्ने छ ।
श्रीलङ्काले अहिले इन्धन, ग्यास, बिजुली र खाद्यान्नको अभाव मात्र नभई निकै दयनीय अवस्थाको सामना गरिरहेको छ । उहाँले भन्नुभयो, ‘हाम्रो अर्थतन्त्र पूर्ण रूपमा ध्वस्त भएको छ । यो आज हाम्रा अगाडि भएको सबैभन्दा गम्भीर समस्या हो । श्रीलङ्काको अर्थतन्त्रलाई पुनरुत्थान गरेर मात्र यी समस्याहरू समाधान गर्न सकिन्छ । यसका लागि हामीले सर्वप्रथम विदेशी मुद्रा सञ्चितिको संकटलाई सम्बोधन गर्नुपर्छ ।’
पूर्ण रूपमा ध्वस्त भएको अर्थतन्त्रलाई पुनरुत्थान गर्न काम सजिलो नभएको पनि उहाँले जानकारी गराउनुभयो । खासगरी विदेशी मुद्रा सञ्चिति खतरनाक स्तरभन्दा तल रहेको विक्रमासिङ्घेले उल्लेख गर्नुभएको हो । श्रीलङ्काको एकमात्र आशा अब अन्तर्राष्ट्रिय मुद्रा कोषमाथि छ । झण्डै कंगाल बनेको श्रीलङ्काले अप्रिलमा नै आफ्नो देशले करिब ७ अर्ब डलरको विदेशी ऋण तिर्न नसक्ने घोषणा गरेको थियो ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- एकै परिवारका ९ जनाको सामूहिक आत्महत्याको घटनाले लियो नयाँ मोड
- तीन बर्षसम्म बलात्कार गरेको भन्दै बीमा कम्पनीकी म्यानेजरले दिइन् सहकर्मी विरुद्ध उजुरी
- युवतीका कारण भारत बर्बाद : हनी ट्र्यापमा फसेर इन्जिनियरले मिसाइलहरूको डाटा लीक गरे
- क्यान्सरसँग लडिरहेकी मिस इण्डिया अभिनेत्री महिमा चौधरीको अनुहारबाट ६७ सिसाका टुक्रा हटाइयो
- आँप खानेबित्तिकै यी खाने कुरा भुलेरपनि नखानुहोस् : डाक्टर भन्छन् विष समान हुन्छ
- शारीरिक सम्पर्कमा महिलामा देखिन्छ यी १० परिवर्तन, तर उनीहरुलाई नै थाहा हुँदैन
- वरिष्ठ डाक्टरले छोरीहरुको महिनावारी १०–१२ बर्षमै हुन्छ विवाह योग्य उमेर ११ बर्ष तोकौ भनेपछि…
- अमेरिकामा अचानक आयो बादलको सुनामी, मानिसहरुलाई अब बाँचिन्छ भन्ने लागेन [ भिडियोसहित ]
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
- डाक्टरको एउटै परिवारका ९ जनाको लाश फेला, कसरी भयो यो नरसंहार !
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
श्रीलङ्काले सन् २०२६ सम्ममा कुल २५ अर्ब डलर ऋण तिर्नुपर्नेछ । श्रीलङ्काको कुल वैदेशिक ऋण अहिले ५१ अर्ब डलर पुगेको छ । यस वर्षको जनवरीदेखि भारतबाट प्राप्त ऋण श्रीलङ्काका लागि जीवन रेखा साबित भएको छ । विक्रमासिङ्घेले अमेरिकी ट्रेजरी डिपार्टमेन्टको टोली पनि आउँदो सोमबार श्रीलङ्का पुग्नेछ ।
यस वर्षको जुलाईसम्ममा अन्तर्राष्ट्रिय मुद्रा कोषसँग पनि औपचारिक सम्झौता हुने उहाँको भनाई छ । सत्तारुढ राजापाक्षे परिवारमाथि देशलाई कंगाल बनाउने षड्यन्त्र गरेको आरोप लगाइयो । राजापाक्षे परिवारले कयौं अर्ब डलर बराबरको सम्पत्ति जम्मा गरेर दुबई, सेशेल्स र सेन्ट मार्टिनका बैंकहरूमा लुकाएको पनि आरोप लागेको छ ।
विक्रमासिङ्घेले संसदमा आफ्नो देशले आयातित तेल किन्न नसक्ने बताउनुभयो । श्रीलङ्काका आयल कर्पोरेसनहरूमा भएको भारी ऋणका कारण नगदमा पनि इन्धन किन्न गाह्रो भएको उहाँको भनाई थियो । समाचार एजेन्सी एपीका अनुसार उहाँले संसदमा भन्नुभयो, ‘हाल सिलोन पेट्रोलियम कर्पोरेशन ७० करोड डलर ऋणमा डुबेको छ । फलस्वरूप, संसारको कुनै पनि देश वा संस्थाले हामीलाई इन्धन दिन चाहँदैन । नगदमा इन्धन बेच्न समेत हिचकिचाउँछन् ।’
श्रीलङ्कामा चरम आर्थिक संकटका कारण चर्को विरोध भएपछि विक्रमासिङ्घेलाई प्रधानमन्त्री बनाइएको थियो । बुधबार विक्रमासिङ्घेले विगतका सरकारले समयमै कदम नचालेको आरोप पनि लगाउनुभयो । उहाँ भन्नुहुन्छ, ‘सुरुमा अर्थतन्त्र ध्वस्त हुने गतिलाई सुस्त बनाउन कदम चालेको भए आज यो कठिन समयको सामना गर्नुपर्दैनथ्यो । तर हामीले यो अवसर गुमायौं । अहिले हामी अर्थतन्त्र धरासायी हुने संकेत देखिरहेका छौँ ।’ बीबीसी हिन्दी
सबैको जानकारीको सेयर गर्नुहोस !!