काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अजय कुमार गुप्ता नेकपा (एमाले) मा प्रवेश गर्ने टुंगो भएको छ ।

उहाँ रौतहटको गौर नगरपालिकाका पूर्वमेयर समेत हुनुहुन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि गुप्ता पार्टी प्रवेश गर्न तयार भएको वचन दिनुभएको छ ।

पछिल्लो समयमा मधेश केन्द्रित दलले पार्टी संगठन पनि नबनाएको र आन्दोलन पनि गर्न नसकेको भन्दै गुप्ताले एमालेमा आउँने वचन दिएको बताउनुभयो ।

कार्यकर्ता र जनताले राष्ट्रिय पार्टीमा जान सुझाव दिएपछि आफू एमालेमा प्रवेश गर्न लागेको उहाँको भनाई छ ।

ओलीसँग बुधबार भएको भेटपछि पार्टी प्रवेशका लागि असार २३ गतेको दिन कार्यक्रम तय भएको छ । उनलाई प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट टिकट दिने सहमति भएको बताइएको छ ।

गुप्ता स्थानीय तह निर्वाचनमा पनि गौर नगरपालिकाको मेयर उम्मेदवार हुनुहुन्थ्यो ।

उहाँ एकीकृत समाजवादीका शम्भु साहसँग पराजित हुनुभयो । गठबन्धन हुँदा समेत साह ६ हजार ३८१ मतसहित मेयरमा निर्वाचित हुँदा गुप्ताले ३ हजार ७५५ मत ल्याउनुभयो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

स्मरणीय कुरा के छ भने रौतहट क्षेत्र नम्बर १ नेकपा एकीकृत समाजवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको क्षेत्र हो ।

अहिलेको सत्तारुढ पाँच दलीय गठबन्धनले काठमाडौंमा नदिएर नेपाललाई रौतहट नै पठाउँने संकेत देखाएपछि ओलीले नेपाल हराउँन राम्रो हतियार तयार गर्नुभएको विश्लेषकहरुको बुझाई छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु