काठमाडौं । एकीकृत समाजवादी पार्टीमा सचिवालयको निर्णयअनुसार मन्त्री हेरफेर नहुँदा भाँडभैलो भएको छ ।

बैठकमा नै घम्साघम्सी भएको छ । फेरीने मन्त्रीको सूचीमा रहेका नेता र उहाँहरुका पक्षका शीर्ष नेताहरुले आफूले गरेको निर्णय कार्यन्वयन गराउन नसक्ने भए किन गठबन्धनमा बसिरहने भनेर बैठकमा नै प्रश्न गरेपछि चर्काचर्की भएको बुझिएको छ ।

अध्यक्ष माधवकुमार नेपालले केही समय पर्खिन अनुरोध गरेपछि बैठक मत्थर हुन खोजेको थियो । फेरी फिर्ता बोलाइएको मन्त्रीहरुको पक्षबाट चर्को दवाव आयो । अब चुनावको मुखमा आएर किन फेर्नु पर्यो ।

केही राम्रो गरिरहेका मन्त्रीहरुपनि छन् । उनीहरुको कामका कारण पार्टीलाई लाभ हुन्छ । अहिले मन्त्री फेरेमा सन्देश राम्रो जाँदैन भन्दै मन्त्री हेरफेर गर्ने निर्णय फिर्ता लिन दवाव सुरु भयो । बैठक घम्साघम्सीमा नै सकियो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

बुधबार र बिहीबार बसेको सचिवालय बैठकले पार्टीको निर्णय कार्यान्वयनमा जोड दिने अडान भने दोहोर्यायो । बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भन्नुभयो, ‘अब दिनहरुमा होइन, घण्टाहरुमा मन्त्रीहरु हेरफेर गर्ने दिशामा लागिरहेका छौ ।’

उहाँका अनुसार भोलि शुक्रबार भोलि पोलिटब्यूरो बैठक बस्नेछ भने ११ गते केन्द्रीय कमिटी र १३–१४ केन्द्रीय परिषद्को बैठक बस्नेछ । बैठकमा स्थानीय चुनावको समीक्षा, सरकारको समीक्षा, गठबन्धन र आगामी चुनावबारे छलफल हुनेछ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु