सप्तरी । सप्तरीमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जना यात्रुको ज्यान गएको छ । दुर्घटनामा अन्य ११ जना यात्रु घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गको हनुमाननगर कंकालिनी नगरपालिका १ मा आज बुधवार बस पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुर्घटनामा एक जना महिलाको ज्यान गएको र परिचय भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

घाइतेमध्ये ६ जनाको भारदह अस्पतालमा र पाँच जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक भागेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख १८९८ नम्बरको बस अनियन्त्रित भएर सडकभन्दा तल खसेर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु