काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठनबन्धनका कारण आफूहरु तेस्रो भएको विश्लेषण गर्नुभएको छ ।
अब गठबन्धन छ चुनाव त त्यसै जितिन्छ भनेर ढुक्कले बस्दा पालिका चुनावमा तेस्रो हुनुपरेको उहाँको भनाई थियो ।
जनप्रतिनिधिका लागि ललितपुरमा आज बिहीवार भएको प्रशिक्षण कार्यक्रममा प्रचण्डले गठबन्धन भएपछि जितिन्छ भनेर नेता–कार्यकर्ताले मेहनत नगर्दा तेस्रो स्थानमा खुम्चिनुपरेको बताउनुभएको हो ।
‘गठबन्धन भइहाल्छ भनेर रिल्याक्स गर्दा पनि धेरै स्थानीय तहमा चुनाव हारियो, पहिले जितेकामध्ये ५० प्रतिशत पालिका गुमाएका छौँ, अब हुने चुनावमा त्यस्तो गल्ती गर्न हुँदैन’, प्रचण्डले भन्नुभयो ।
उहाँले आउँदो प्रदेश र सङ्घको चुनावमा कम्युनिस्ट पार्टीभित्रको पहिलो शक्ति हुने दाबी गर्दै नेता–कार्यकर्तालाई अहिलेदेखि नै चुनावको तयारीमा लाग्न निर्देशन दिनुभयो ।
नागरिकको घरदैलामा गएर अहिलेसम्मका उपलब्धि माओवादीकै कारण आएको बुझाउन निर्देशन दिँदै प्रचण्डले प्रचारप्रसार र सङ्गठन सृदृढीकरणमा लाग्न आग्रह गर्नुभयो ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- एकै परिवारका ९ जनाको सामूहिक आत्महत्याको घटनाले लियो नयाँ मोड
- तीन बर्षसम्म बलात्कार गरेको भन्दै बीमा कम्पनीकी म्यानेजरले दिइन् सहकर्मी विरुद्ध उजुरी
- बैज्ञानिकले पत्ता लगाए मृत्यु हुनुभन्दा दुई साताअघि नै देखिने संकेत
- क्यान्सरसँग लडिरहेकी मिस इण्डिया अभिनेत्री महिमा चौधरीको अनुहारबाट ६७ सिसाका टुक्रा हटाइयो
- विज्ञानको प्रयोगबाट पत्ता लाग्यो : अब संसारका सबैभन्दा सुन्दर महिला र पुरुष यी हुन्
- शारीरिक सम्पर्कमा महिलामा देखिन्छ यी १० परिवर्तन, तर उनीहरुलाई नै थाहा हुँदैन
- वरिष्ठ डाक्टरले छोरीहरुको महिनावारी १०–१२ बर्षमै हुन्छ विवाह योग्य उमेर ११ बर्ष तोकौ भनेपछि…
- अमेरिकामा अचानक आयो बादलको सुनामी, मानिसहरुलाई अब बाँचिन्छ भन्ने लागेन [ भिडियोसहित ]
- भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा मात्र हैन नेपालका यी ६६८ ठाउँ कब्जा गर्यो
- पुरुष मित्रले बुझ्नु पर्यो : यो रात महिलाहरु आफैलाई नियन्त्रण गर्न सक्दैनन्
- चितवनमा आमाले बिक्रि गरेकी छोरी भारत कटाइयो, बच्चा एक्लै नछोड्नुस् यसरी भारतबाट किन्न आउँछन्
उहाँले पालिका चुनावमा हार्नुको कारण लोकप्रिय उम्मेदवार नहुनु बताउँदै अब भने सही उम्मेदवार चयन गरेर सङ्घ र प्रदेशको चुनावमा जानुपर्ने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले राजनीतिको चाबी माओवादीकै हातमा रहेको जिकिर गर्दै माओवादीको सहयोगविना कुनै पनि दलले सत्ता र शक्ति प्राप्त गर्न नसक्ने दाबी गर्नुभयो ।
सबैको जानकारीको सेयर गर्नुहोस !!