काठमाडौं । अमेरिकाको न्युयोर्कका मेयरले प्रहरीलाई आदेश दिएर नागरिकलाई दुःख दिने एक सय वटा मोटरसाइकललाई बुलडोजर लगाएर ध्वस्त बनाइदिनुभएको छ ।

ध्वस्त बनाइएकामध्ये धेरैजसो मोटरसाइकल विशेषगरी कच्ची बाटोको लागि बनाइएका थिए ।

सहरमा तीव्र गतिमा कुदाउने, चर्को आवाज निकाल्ने, ट्राफिक नियमको पालना नगर्ने, पैदल यात्रुलाई ठक्कर दिँदै फुटपाटमा कुदाउने लगायतका गतिविधि गर्ने बाइकमाथि कारबाही गर्न नागरिकले उजुरी दिएका थिए ।

नागरिकको उजुरीको आधारमा मोटरसाइकल चालकलाई पटक–पटक सम्झाइबुझाइ गरे पनि नटरेकोले बुलडोजर नै लगाएर ध्वस्त बनाइएको न्युयोर्क सहरका मेयर एरिक एड्म्सले बताउनुभएको सीएनएनले जनाएको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

‘मोटरसाइकलहरू नागरिकका लागि साँच्चिकै खतरनाक थिए, त्यसैले जफत गरेर बिक्री गर्ने र कसैलाई अनुदानमा दिने भन्दा पनि ध्वस्त पार्न उचित ठानियो’, मेयर एडम्सले भन्नुभयो ।

न्युयोर्कका नागरिकले शान्तसँग बाँच्न पाउने र सडक अधिकारको प्रयोग गर्न पाउने विषयमा सम्झौता गर्न नसकिने पनि उहाँले बताउनुभएको छ ।

न्युयोर्क सहरमा नागरिकलाई दुःख दिएर चल्ने दुई हजार मोटरसाइकललाई गएको जनवरीयता प्रहरीले नियन्त्रणमा लिएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु