काठमाडौं । अभद्र व्यवहार गरेको आरोपमा नायब सुब्बा पक्राउ परेका छन् । सिरहा, लहानस्थित कार्यरत नायब सुब्बा पक्राउ गरिएको हो ।

त्यहाँको रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिइएको छ । नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन् ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

उनीमाथि सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोप लागेको छ । सोही आरोपमा नायब सुब्बा महतोलाई पक्राउ गरिएको हो ।

सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गरेका थिए । सोही समयमा सेवाग्राहीसँग सामान्य भनाभन भयो ।

भनाभन बढेपछि दुर्व्यवहार गर्नुका साथै उनले अश्लील गाली गरेका हुन् । जिल्लाका डिएसपी कुमार मैनालीले महतो पक्राउ परेको कुराको पुष्टि गर्नुभएको छ । उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु