काठमाडौं । भारतका एकमात्र जीवित परमवीर चक्र विजेता र मानार्थ सेना क्याप्टेन बाना सिंहले अग्निपथ योजनाको ‘भारी मूल्य’ चुकाउनुपर्ने बताएका बताउनु भएको छ ।

उहाँले यो योजनाले सेनालाई ध्वस्त पार्ने बताउनु भएको हो । साथै यस योजनाले पाकिस्तान–चीनलाई फाइदा पुग्नेछ ।

जम्मूको आफ्नो घरमा बस्दै आउनु भएका सेनाका मानार्थ क्याप्टेन बाना सिंहले टेलिग्राफसँग फोनमा कुरा गर्दै यस्तो जानकारी गराउनु भएको हो ।

कुराकानीमा उहाँले भन्नुभयो, ‘चार वर्षको अग्निपथ योजनाले भारतीय सेनालाई ध्वस्त पार्नेछ । त्यसको कार्यान्वयन पटक्कै हुनुहुँदैन थियो ।’

अखबारका अनुसार सिंहले अग्निपथ योजनालाई लिएर ट्वीट पनि गर्नुभएको थियो । तर सामाजिक सञ्जालमा विवाद भएपछि उहाँले त्यसलाई डिलिट गर्नुपर्यो । उहाँले भन्नुभयो, ‘मलाई फोन आउन थालेको थियो ।’

तर, आफू आफ्नो मनको कुरा गरिरहने र सेनाको अधिकार र हितका लागि सधैं बोल्ने उहाँले प्रष्ट पार्नुभयो । ‘सियाचीन हिरो’ भनेर चिनिने सिंहले जुन, १९८७ मा २१,००० फिटभन्दा बढी उचाइमा अवस्थित पाकिस्तानको कायदे–ए–आजम चौकीमा भएको आक्रमणको नेतृत्व गर्नुभएको थियो । त्यस हमलामा छ पाकिस्तानी सैनिक मारिए, उक्त रणनीतिक चौकीमा भारतको नियन्त्रण थियो ।

यसको नाम पछि बाना चौकीमा परिवर्तन गरियो । सिंहलाई १९८८ मा भारतको सर्वोच्च वीरता पुरस्कार अर्थात् परमवीर चक्रबाट सम्मानित गरिएको थियो ।

पाकिस्तानी रक्षासँग सम्बन्धित केही दस्तावेजमा पनि यसलाई ‘तुलनाभन्दा बहादुरी’ भनेर वर्णन गरिएको छ । ७३ वर्षीय सिंहले अग्निपथ योजनालाई सबैमाथि थोपरेको ‘तानाशाही’ शैली भएको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘लोकतन्त्रमा यस्तो उग्र निर्णयहरू सबै सरोकारवालाहरू र सेनाको बारेमा धेरै जान्ने पूर्व सैनिकहरूसँग परामर्श बिना लिन सकिदैन्, किनकि उनीहरूले वास्तवमा युद्ध लडेका छन् । यस्तो पहिले कहिल्यै भएको थिएन ।’ सिंहले अगाडि थप्दै भन्नुभयो, ‘यो तानाशाही (मैले निर्णय लिएको छु, त्यसलाई कार्यान्वयन गर्नु) जस्तै हो ।’

सेनाको नयाँ अग्निपथ भर्ती योजना अन्तर्गत तल्लो तहका तीन चौथाइ सैनिकलाई चार वर्ष सेवा गरेपछि पेन्सन (निवृत्तिभरण) वा उपदान (ग्रेच्युटी) बिना सेवाबाट हटाइनेछ । भारत सरकारले सेनाको तलब र निवृत्तिभरणको खर्च घटाउने उद्देश्यले यो भर्ना योजना लागू गरेको मानिएको छ ।

सेनामा भर्ना हुने सपना देखेका युवाहरुले गत साता भारतका विभिन्न भागमा यस योजनाको विरोधमा प्रदर्शन समेत गरेका छन् । यो योजनाले सेना र समाज दुवैलाई नोक्सान पुर्‍याउने पूर्व सैनिक पनि बताउँछन् ।

बाना सिंहले मंगलबार ट्वीट गर्दै भन्नु भएको थियो, ‘देश बचाउ, अग्निपथ योजनाले हामीलाई नराम्रो नोक्सान पु¥याउनेछ, भारत कठिन परिस्थितिबाट गुज्रिरहेको छ । युवा हाम्रो देशको भविष्य हो ।’ तर, बुधबार यो ट्वीट डिलिट गरियो । यस बारे सोध्दा सिंहले भन्नुभयो, ‘मैले मेरो छोरालाई ट्वीट गर्न भनेको थिएँ… त्यसपछि मलाई कल आउन थाल्यो । त्यसैले मैले मेरो छोरालाई ट्वीट डिलिट गर्न भनेको हुँ । मैले सोचेँ जब सरकारले यो योजना लागू गर्ने मन बनाइसकेछ, तब यो ट्विटको औचित्य के ?’

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

उहाँले थप भन्नु भएको छ, ‘कुनै व्यक्तिले जे भने पनि फरक पर्दैन । सिङ्गो देशले भन्नै पर्छ । यस (अग्निपथ योजना) को लागि देशले ठूलो मूल्य चुकाउनु पर्छ । अग्निपथ योजनाले भारतका शत्रुहरूलाई फाइदा पुर्‍याउन सक्छ । सिपाही हुनु कुनै खेल होइन । यसका लागि वर्षौंको तालिम चाहिन्छ । छ महिनामा उनीहरूले कस्तो तालिम पाउनेछन् ?’

उहाँले स्पष्ट रुपमा भन्नुभयो, ‘यो योजना ल्याउनेहरूलाई सशस्त्र बलबारे कुनै जानकारी नै छैन । सेनालाई खेलौना भनेर व्याख्या गर्न सकिँदैन । यसको फाइदा चीन र पाकिस्तानले उठाउनेछन् । चिनियाँ सैनिकहरू हाम्रो भूमिमा थप प्रवेश गर्नेछन् ।’ १९८७ मा, सियाचिनमा तैनाथ ८औं जम्मू कश्मीर लाइट इन्फन्ट्रीले ठूलो संख्यामा पाकिस्तानी सेनाहरू ग्लेशियरमा जम्मा भएको थाहा पाए ।

तिनीहरूलाई बाहिर निकाल्न आवश्यक तर गाह्रो समेत थियो । त्यसैले विशेष कार्यदल गठन गरियो । त्यसबेला सिंह नायब सुभेदार हुनुहुन्थ्यो र स्वेच्छाले यो फोर्समा सहभागी हुनुभयो । सिंहले टास्क फोर्सको नेतृत्व गरेर २१,००० फिटको उचाइमा पुगेर सबैलाई बाहिर निकाल्न सफल हुनुभएको थियो । सिंहलाई हरेक वर्ष गणतन्त्र दिवस परेड र सेना दिवस समारोहमा विशेष अतिथिको रूपमा आमन्त्रित गर्ने गरिन्छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु