सुर्खेत । सुर्खेतमा बर्डफ्लु संक्रमण फैलिएको पुष्टि भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा बर्डफ्लु देखिएको हो ।

वीरेन्द्रनगर–३ का कृषक टेकराज आचार्यको फर्ममा पालेका टर्की कुखुरामा बर्डफ्लु देखिएको प्रदेश पशुपंक्षी निर्देशनालयले पुष्टि गरेको छ ।

बर्डफ्लु देखिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको आकस्मिक वैठकले ती पंक्षीहरु तत्काल नष्ट गर्ने निर्णय गरेको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालका अनुसार प्रभावित स्थलमा पंक्षीहरु नष्ट गर्नका लागि आरआरटी (रिभ्यु रेस्क्यू टिम) पठाइसकिएको छ ।

बर्डफ्लु पुष्टि भएको कुखुरा फर्म आसपासको क्षेत्रमा स्यानिटाइज गर्ने निर्णय पनि वैठकले गरेको छ ।

बाक्लो वस्ती भएकाले त्रास फैलन सक्ने भन्दै राति आठ बजेपछि मात्रै पंक्षी नष्ट गर्न टोलीलाई निर्देशन दिएको पशुपंक्षी निर्देशनालय कर्णाली प्रदेशका निमित्त प्रमुख मोहन गिरीले जानकारी दिनुभयो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु