विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले बाबुको रिसले सरकारी गाडी चकनाचुर हुनेगरी तोडफोड गरेका छन् ।

गाउँपालिकाको जिम्मेवारी बाँडफाँडमा नेपाली कांग्रेसबाट निर्वाचित बाबु जयप्रकाशले एमालेलाई पनि भाग दिएपछि छोरा ज्योतिले अध्यक्षले प्रयोग गर्ने प्रदेश १ को १ झ ५७८ नम्बरको सरकारी गाडी तोडफोड गरेका हुन् ।

मंगलबार तोडफोड गरेका उनलाई बुधबार पालिकामा सर्वपक्षीय छलफल राखेर माफी दिइएको छ । गाडी मर्मत गर्ने सर्तमा माफी दिइएको पालिका अध्यक्ष गच्छदारले जानकारी दिनुभयो ।

ज्योति गाउँपालिका अध्यक्ष जयप्रकाशका एक्लो छोरा हुन् । गाउँपालिकाको बजेट निर्माणलगायतका विषयमा छलफल गर्न मंगलबार गाउँ कार्यपालिका बैठक बसेको थियो । बैठकबाट जयप्रकाशले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई पनि विभिन्न जिम्मेवारी दिनुभएको थियो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

एमालेलाई जिम्मेवारी दिएपछि रिसाएका ज्योतिले बुबाले प्रयोग गर्ने सरकारी गाडीको सीसा फुटाइदिएको जनप्रतिनिधिहरुको भनाइ छ ।

‘एक पटक गल्ती भयो भनेपछि कारवाही प्रक्रिया अघि नबढाउने सहमति भयो,’ बैठकमा सहभागी एक जनप्रतिनिधिले भन्नुभयो, ‘बुबाको रिसले सरकारी गाडीमा क्षति पु¥याउनु गलत हो ।’

पालिका अध्यक्ष गच्छदारले छोराले माफी मागेपछि गाडी मर्मत गर्ने शर्तमा माफी दिएर सहमति गरेको बताउनुभयो । उहाँले अब तोडफोड गरे कारवाही हुने बताउनुभयो । ‘माफी मागेपछि एक पटकलाई कागज गरेर माफी दिइएको छ,’ उहाँले भन्नुभयो, ‘फेरि यस्तो घटना दोह्रोर्‍याएर कारवाही हुन्छ ।’

माफी दिएको थाहा पाएपछि स्थानीय नागरिकले सार्वजनिक सम्पत्ति नष्ट गर्ने जघन्य अपराध गर्ने छोटे राजाका छोरालाई चै जत्रो अपराध गरेपनि आममाफी हुनुपर्ने भन्दै प्रतिक्रिया जनाइरहेका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु