काठमाडौं । बलिउड अभिनेता सलमान खान आफ्नो विगत सम्झेर रोएका छन् ।
खान सबैका लागि बलिउडका सुपरस्टार हुन सक्छन् तर एक समय थियो जब उनीसँग कपडा किन्न पैसा पनि थिएन ।
उनले कडा मेहनतपछि सफलता हासिल गरेका हुन्, सलमान खानले जीवनमा अभाव पनि देखेको छ ।
हालै, आइफा २०२२ को आयोजनामा सलमान आफ्नो जीवनको एक धेरै भावुक क्षण सम्झेर रोएका हुन् । अवार्ड शो होस्ट गर्दा, सलमान खानले सुनील शेट्टीले आफूलाई कसरी मद्दत गरे भन्ने कुरा बताउँदै गर्दा भावुक भएका थिए ।
कलर्स टिभीले आईफा २०२२ जुन २५ मा प्रसारण गर्दैछ । उक्त च्यानलको आधिकारिक इन्स्टाग्राम ह्यान्डलले भर्खरै एउटा प्रोमो साझा गरेको छ, जसमा सलमान खान आफ्ना पुराना दिनहरू सम्झेर रोएका छन् ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- एकै परिवारका ९ जनाको सामूहिक आत्महत्याको घटनाले लियो नयाँ मोड
- तीन बर्षसम्म बलात्कार गरेको भन्दै बीमा कम्पनीकी म्यानेजरले दिइन् सहकर्मी विरुद्ध उजुरी
- बैज्ञानिकले पत्ता लगाए मृत्यु हुनुभन्दा दुई साताअघि नै देखिने संकेत
- क्यान्सरसँग लडिरहेकी मिस इण्डिया अभिनेत्री महिमा चौधरीको अनुहारबाट ६७ सिसाका टुक्रा हटाइयो
- विज्ञानको प्रयोगबाट पत्ता लाग्यो : अब संसारका सबैभन्दा सुन्दर महिला र पुरुष यी हुन्
- शारीरिक सम्पर्कमा महिलामा देखिन्छ यी १० परिवर्तन, तर उनीहरुलाई नै थाहा हुँदैन
- वरिष्ठ डाक्टरले छोरीहरुको महिनावारी १०–१२ बर्षमै हुन्छ विवाह योग्य उमेर ११ बर्ष तोकौ भनेपछि…
- अमेरिकामा अचानक आयो बादलको सुनामी, मानिसहरुलाई अब बाँचिन्छ भन्ने लागेन [ भिडियोसहित ]
- भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा मात्र हैन नेपालका यी ६६८ ठाउँ कब्जा गर्यो
- पुरुष मित्रले बुझ्नु पर्यो : यो रात महिलाहरु आफैलाई नियन्त्रण गर्न सक्दैनन्
- चितवनमा आमाले बिक्रि गरेकी छोरी भारत कटाइयो, बच्चा एक्लै नछोड्नुस् यसरी भारतबाट किन्न आउँछन्
कलर्सले सेयर गरेको अवार्ड शोको क्लिपमा एन्कर रितेश देशमुखले सलमान खानलाई सोधे, ‘तपाईको जीवनको सबैभन्दा यादगार पल कुन हो ?’
सलमानले जवाफ दिए, ‘पहिले जब मसँग पैसा थिएन, म सुनील शेट्टीको कपडा पसलमा जान्थें । त्यो धेरै महँगो थियो । मैले शर्ट र जिन्स बाहेक अरू केही किन्न सकिन, त्यतिबेला सुनीलले मसँग पैसा नभएको थाहा पाए, त्यसैले उनले मलाई स्टोन वाश शर्ट उपहार दिए । उनले देखे कि मेरो आँखा एक पर्समाथि थियो ।’
यति भन्दै गर्दा सलमान भावुक भए र रोए । उनी सुनीलका छोरा अहान शेट्टीकहाँ गए । आहान उठेर सलमानलाई अँगालो हाल्छन् । त्यसपछि सलमानले थप भने, ‘त्यसपछि उनले मलाई घर लगेर त्यो पर्स दिए ।’
सामाजिक सञ्जालमा शेयर गरिएको क्लिपमा फ्यानले धेरै कमेन्ट गरेका छन्, सुनिल शेट्टीको तारिफ हुँदैछ । एक फ्यानले लेखेका छन्, ‘यो निकै भावुक छ । सुनिल शेट्टी र सलमानको पनि यस्तो समय ओएमजी थियो । सुनिल शेट्टी जस्तो साथी सबैको हुनुपर्छ ।’
सबैको जानकारीको सेयर गर्नुहोस !!